माघे संक्रान्तिको अवसरमा मगर संघ पोर्चुगलद्वारा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न

माघे संक्रान्तिको अवसरमा मगर संघ पोर्चुगलद्वारा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न
www.europenepalikhabar.com २०८२ माघ १३ गते मंगलबार, 27-01-2026


लिस्बन, पोर्चुगल । मगर समुदायको मौलिक पर्व, पहिचान, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको माघे संक्रान्ति बृहत् सांस्कृतिक कार्यक्रम २०२६, भव्य रूपमा सम्पन्न भएको छ ।

नेपाल मगर संघ पोर्चुगल युरोप को आयोजनामा सम्पन्न उक्त कार्यक्रम मगर संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष भरत बुढा मगर अध्यक्षता तथा आदीवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार राना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पुर्व पर्यटनदूत तथा नेपाल आदीवासी जनजाति महासंघ पोर्चुगलका संरक्षक समितिका संयोजक रमेश गुरुङ मातृ संस्थाका अध्यक्षहरु र मगर संघ पोर्चुगलका निर्तमान अध्यक्ष र सल्लाहकार लगायतको सहभागीता रहेको थियो ।


कार्यक्रमको उद्घाटन प्रमुख अतिथि आदीवासी जनजाति महासंघ पोर्चुगलको अध्यक्ष चोपकुमार राना मगरले गर्नुभएको थियो । साथै उक्त क्रायक्रममा पञ्चकन्यालाई पुजा तथा सम्मान गरिएको थियो । उक्तको कार्यक्रमको स्वागत मन्तव्य पोर्चुगलको उपाध्यक्ष चुनमाया थजालीले व्यक्त गर्नुभएको थियो ।

औपचारिक कार्यक्रम सञ्चालन मगर संघ पोर्चुगका महासचिव ईश्वर राना मगरले गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रम सञ्चालन म्याग्दी प्रवासी नेपाली संघ(मोना)युरोप क्षेत्रिय संयोजक दिपु फगामी मगरले गर्नुभएको थियो । मगर समुदायको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक प्रस्तुति, नृत्य तथा सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रम नेपालका प्रतिस्थित कलाकारहरु ज्योति मगर, श्याम राना मगर, शान्ति श्रीस मगर र तिसर्ना घर्ती मगरको प्रस्तुति रहेको थियो । उक्त कार्यक्रम नेपाली सामुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । व्यवस्थापन, अनुशासन र सांस्कृतिक गरिमालाई प्राथमिकता दिँदै कार्यक्रमलाई सफल बनाउन कलाकार, स्वयंसेवक तथा व्यवस्थापन टोलीको महत्वपूर्ण भूमिका रहेको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा पोर्चुगलमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी तथा ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो । आयोजक नेपाल मगर संघ पोर्चुगलले सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस्ता सांस्कृतिक कार्यक्रममार्फत समुदायबीच एकता र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित