गैरआवासीय नेपालीको लगानी भित्र्याउन देखा परेका कानूनी कठिनाई सुल्झाउन छुट्टै संयन्त्र बनाई छलफल गरौं : अर्थमन्त्री विष्णु पौडेल

गैरआवासीय नेपालीको लगानी भित्र्याउन देखा परेका कानूनी कठिनाई सुल्झाउन छुट्टै संयन्त्र बनाई छलफल गरौं : अर्थमन्त्री विष्णु पौडेल
www.europenepalikhabar.com २०७९ माघ ३ गते मंगलबार, 17-01-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लामो समयदेखि संघले उठाउ“दै आएका माग सम्बोधनका लागि आग्रह गरेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज आयोजित भेटघाट कार्यक्रममा संघको प्रतिनिधिमण्डलले अर्थमन्त्री पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै  संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । 

सो अवसरमा  गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले विदेशमा रहेका लाखौं नेपालीहरु नेपालमा लगानीका लागि उत्साहित भएपनि विभिन्न कानूनी र नीतिगत कठिनाईका कारण समस्या परेकोले त्यस्ता कठिनाई हटाउन संघको तर्फबाट अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभयो । अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाई बिना कुनै उल्झन लगानी गर्न पाउने वातावरण निर्माण गर्न अर्थमन्त्री समक्ष आग्रह गर्नुभयो ।  नेपाल सरकारले हालसम्म गरेका नीतिगत सुधारका लागि आभार व्यक्त गर्दै कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपालीले कानूनी रुपमा भोग्नु परेका व्यवधानलाई सम्बोधन गरिदिन अनुरोध गर्नुभयो । 

यस्तै, संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्नको लागि नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।  अध्यक्ष केसीले नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र करीब १० अर्ब बराबरको एन.आर.एन नेपाल डेभलपमेण्ट फण्ड लि. कम्पनी कार्यान्वयनमा ल्याउनको लागि विद्यमान समस्यामध्ये कम्पनीको कार्यक्षेत्र तथा एनआरएनले लगानी भिœयाउन धितोपत्र सम्बन्धी नियम, लगानीको स्वीकृती विधि, लगानीको लेखाङकन विधि, लगानीको प्रतिफल फिर्ता विधि तथा धितोपत्रको कारोबार विधि लगायतको निर्माण तथा संशोधन गरी तुरुन्त काम अगाडी बढाउन अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।

 अध्यक्ष केसीले गैरआवासीय नेपाली ऐन लगायत गैरआवासीय नेपालीस“ग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ९ँक्ष्त्त्ब्० र त्यससम्बन्धि नियमावली तथा आदेशमा संशोधनसहित लगानी सम्बन्धमा विद्यमान न्युनत्तम २ करोडको मापदण्ड हटाउन पहल गरिदिन पनि अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभयो । यस्तै, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक च्यानलमार्पmत ल्याउन प्रोत्साहन गर्न २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने गरि व्यवस्था गर्न अध्यक्ष केसीले आग्रह गर्नुभयो । 

यस्तै अर्का अध्यक्ष कुल आचार्यले  गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गर्नुभयो । अध्यक्ष केसीले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाई समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन संघका तर्फबाट अर्थमन्त्री समक्ष आग्रह गर्नुभयो । बहुसंख्यक नेपालीलाई नेपालस“ग जोड्न र मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउन पू“जीसहित उनीहरुको ज्ञान, सीप र क्षमता भित्र्याउन नेपाल सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

जवाफमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संघको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “ तपाईहरुका माग वा समस्या जे–जति पनि छन्, ती सबैलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ, तर त्यसका लागि एउटै टेबलमा बसेर संवाद हुनु जरुरी छ, सबै मन्त्रालयका प्रतिनिधिसहित तपाईहरुका प्रतिनिधिलाई पनि एकै ठाउ“मा राखेर छलफल गरौ“ र समस्या समाधानका लागि पहल गरौ“, त्यसको लागि म आफै“ समन्वय र सहकार्य गर्न तयार छु ।”

गैरआवासीय नेपाली नागरिकताको विषय छिट्टै टुंगिने भन्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “नागरिकताको विषय अब छिट्टै टुंगिन्छ, त्यसमा चिन्ता मान्नुपर्दैन ।”

गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति नेपाल सरकार जानकार रहेको भन्दै आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले  बताउनुभयो ।  उहा“ले भन्नुभयो, “नेपाल सरकार आफैं रहेको ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’ अघि बढीसकेको छ, त्यसलाई सरकारले गरेको ग्यारेन्टीको रुपमा लिन सकिन्छ, जसले विदेशमा रहेका नेपालीलाई पनि लगानीका लागि प्रोत्साहन गर्नेमा सरकार विश्वस्त छ ।”

भेटका अवसरमा संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका उपाध्यक्ष आर.के शर्मा, महिला सचिव राधिका गुरुङ,  प्रवक्ता सोम सापकोटा युवा संयोजक अब्दुल वसिद, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, एनसीसी टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित