पोर्चुगलमा देखिएकाे पासपोर्ट बनाउने समस्या समाधानका लागि तत्काल टोली पठाउने तयारी गरेका छौं : परराष्ट्रमन्त्री

पोर्चुगलमा देखिएकाे पासपोर्ट बनाउने समस्या समाधानका लागि तत्काल टोली पठाउने तयारी गरेका छौं : परराष्ट्रमन्त्री
www.europenepalikhabar.com २०७९ माघ १५ गते आइतबार, 29-01-2023


नवराज दवाडी, लिस्बन, पोर्चुगल – परराष्ट्रमन्त्री डा. विमला पाैडेल राईले पोर्चुगलमा रहेका नेपालीहरुको हराएका, म्याद सकिएका राहदानी बनाउन चाडो भन्दा चाडो (एकदुई हप्ता भित्र नै) २५ दिन देखि एक महिनासम्मका लागि ५ सदस्यीय टोली पोर्चुगल पठाइने र उक्त टोलीलाई दूतावासले संयोजन, सहजीकरण  र निरीक्षण गर्ने जानकारी दिएकी छिन् ।

आज एनआरएनए पोर्चुगल लगायत युरोपका विभिन्न देशका एनसिसीहरुसंगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री राईले साे जानकारी दिएकी हुन् ।

छलफलका क्रममा पोर्तुगलमा रहेका नेपालीहरुले हाल राहदानी प्राप्त गर्ने तथा नविकरण गर्ने लगाएतका काममा विकाराल समस्या भाेगिरहनु परेकाे तथा पोर्चुगलमा नेपालीहरुको भइरहेको असामयिक निधन र शव व्यवस्थापनका सन्दर्भमा पनि समस्या सिर्जना भईरहेकाेले यसकाे समाधानका लागि यथाशीघ्र पहल गरिदिन एनआरएनए पोर्चुगलको तर्फबाट अध्यक्ष रविन अधिकारी र महासचिव राजकुमार थापाले मन्त्री समक्ष आग्रह गरेका थिए । जवाफमा मन्त्री राईले पाेर्तुगलमा देखा परेकाे यी समस्याकाे समाधानका लागि आफू प्रतिवद्ध रहेकाे जानकारी दिँदै एक दुई हप्ता भित्रै पासपोर्ट बनाउनका लागि ५ सदस्यीय टाेली पठाउने तयारी रहेको जानकारी दिएकी हुन् ।

जुम मार्फत भएकाे छलफलमा एनआरएनए पाेर्तुगलका अध्यक्ष अधिकारीले विगत केही समयदेखि विभिन्न माध्यमबाट पाेर्तुगल प्रवेश गर्ने नेपालीहरु अधिकांश विना राहदानी आईरहेकाे हुँदा उनीहरुले नयाँ राहदानी प्राप्त गर्न तत्काल पेरिससम्म जाने स्थिति नभएकाे र अस्थायी बसाेबास अनुमति पत्र प्राप्त गर्न पनि त्यही कारणले निकै अप्ठ्याराे परेकाे बताउँदै पाेर्तुगलबाटै राहादनी प्राप्त गर्ने वातावरण बनाई दिन आग्रह गरेका थिए ।

त्यस्तै महासचिव राजकुमार थापाले अहिले पोर्चुगलमा रहेका नेपालीको पासपोर्ट बनाउने समस्या विकाराल रहेको र पछिल्लाे समय पाेर्तुगलमा नेपालीहरुले असमायिक निधन हुने क्रम समेत धेरै बढ्दै गएकाे तथा शवकाे व्यवस्थापनमा जटिलता उत्पन्न भईरहेकाेले समाधानका लागि तत्काल पहल थालिदिन मन्त्रीसंग जोडदार आग्रह गरेका थिए । कार्यक्रममा एनआरएनए पाेर्तुगलका वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठकाे पनि उपस्थिति थियाे

छलफलमा एनआरएनए पोर्तुगल,माल्टा, साइप्रस,क्रोएसिया,चेक रिपब्लिक, पोल्यान्ड, स्पेन लगायत देशका एनसिसी आयाेजनामा भएकाे थियाे । एनआरएनएका केन्द्रीय उपमहासचिव श्री रामशरण सिंखडाले कार्यक्रम आयोजनाका लागि सहजीकरण गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित