एनआरएनएले बृहत अन्तरक्रिया सहित भोलि १२ मार्चमा नारी दिवस मनाउँदै

एनआरएनएले बृहत अन्तरक्रिया सहित भोलि १२ मार्चमा नारी दिवस मनाउँदै
www.europenepalikhabar.com २०७९ फागुन २७ गते शनिबार, 11-03-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोलि १२ मार्च,आइतवार   बृहत अन्तरक्रिया सहित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेको छ ।

संघकी महिला विभागकी प्रमुख तथा उपाध्यक्ष यासमिन बेगम सैयदका अनुसार  संघको महिला विभागद्वारा नेपालको समय दिउँसो ४ बजे भर्चुअल कार्यक्रमको आयोजना गर्न लागिएको हो । उपसभामुख ईन्दीरा राना मगरको प्रमुखआतिथ्यमा आयोजना हुने ११३ औं नारी दिवसलाई संघकी अध्यक्ष रविना थापा, मानवअधिकार आयोगकी सदस्य माननीय  लिली थापा, शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङ, पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ र पत्रकार बबिता बस्नेतले सम्बोधन गर्ने भएका छन् ।

संघकी महिला सचिव राधिका गुरुङ (टीका)ले  कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएकी छन् । संघकी महिला संयोजक संगीता मरहट्टाले कार्यक्रममा सहभागी भइ दिनको लागि सबै दिदिबहिनी तथा दाजुभाइ र गैरआवासीय नेपाली संघका सदस्यहरुलाई आग्रह गरेकी छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित