एनआरएनए सदस्य बन्न अहिलेसम्म ८० हजार भन्दा धेरैले आवेदन दिए, वितरण अभियान जारी

एनआरएनए सदस्य बन्न अहिलेसम्म  ८० हजार भन्दा धेरैले आवेदन दिए, वितरण अभियान जारी
www.europenepalikhabar.com २०८० जेठ २६ गते शुक्रबार, 9-06-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का ५० भन्दा बढी देशमा धमाधम सदस्यता वितरण भैरहेको छ । संघका उपमहासचिव रामशरण सिंखडाका अनुसार विहिवार सम्म ५२ देशका राष्ट्रिय समितिले एमआईएस मार्फत सदस्यता वितरण गरेका हुन् ।

केही देशमा प्राविधिक कारणले एमआईएस खुल्न बांकि रहेको संघले जनाएको छ । हाल ८१ हजार २ सय भन्दा बढीले सदस्यताको लागि एमआईएस मार्फत आवेदन दर्ता गरेका छन् । उनीहरुको प्रमाणीकरण हुन बाँकी नै छ ।

गैरआवासीय नेपाली संघको विधान अनुरुप सबै राष्ट्रिय समितिले जुलाईको अन्तिम सातासम्म अनिवार्य रुपमा निर्वाचन गरि सक्नु पर्ने हुन्छ ।

गैरआवासीय नेपाली संघका अनुसार अमेरिका, जापान, डेनमार्क, कोरिया, कतार लगायतका देशमा सदस्यता वितरण कार्य बन्द भैसेको छ । ती देशमा जुलाई महिनामा निर्वाचन गर्ने तयारी भैरहेको छ ।

हाल सम्म अमेरिकाले १६ हजार ३ सय ५८, कतारले १२ हजार ४ सय १५, जापानले ११ हजार ३ सय ७९, सदस्यता वितरण गरेर अग्रस्थानमा रहेका छन् । बाँकी देशमा सदस्यता वितरण कार्य जारी छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित