अस्ट्रियाका विनोद चौलागाइँले एनआरएनए युरोपको उपसंयोजकमा उम्मेदवारी दिने

अस्ट्रियाका विनोद चौलागाइँले एनआरएनए युरोपको उपसंयोजकमा उम्मेदवारी दिने
www.europenepalikhabar.com २०८० भाद्र ६ गते बुधबार, 23-08-2023


युरोप ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अक्टोबर हुने ११ औं महाधिवेशनमा अस्ट्रियाका विनोद चौलागाइँले युरोप उपसंयोजकमा उम्मेदवारी दिने भएका छन् । आगामी २०२३–२०२५ कार्यकालको लागि उक्त पदमा लागि चौलागाइँले उम्मेदवारी तय गरेका हुन् ।

एनआरएनए अस्ट्रियाको पूर्व अध्यक्ष चौलागाइँले कुनै पनि पदका लागि नेपाल सरकार र पार्टीका नेताहरुलाई गुहार्नु पर्ने परम्पराविरुद्ध आफूले उम्मेदवारी दिएको बताए ।  उनले आफ्नो उम्मेदवारीले सबैलाई खबरदारी गर्ने बताएका हुन् ।

उपसंयोजक उम्मेदवारीका लागि आफ्नो योग्यता पुगेको उनको दाबी छ । ‘६ बर्ष इजरायल बसें, अस्ट्रिया बसेको १२ बर्ष भयो । इजरायलदेखि नै यस संस्थामा आबद्ध थिए, र आजसम्म छु । सदस्यदेखि अध्यक्ष हुँदै संरक्षकसम्मको जिम्मेवारी पुरा गरेको कारण उपसंयोजकमा उम्मेदवारी दिनलाई मेरो योग्यता पुगेको छ जस्तो लाग्छ ।’ उनले  भने ।

उनले एनआरएनए अभियान्ता, अग्रज, शुभचिन्तक र साथीभाइबाट सल्लाह, सुझाव, सद्भाव  र सहयोगको अपेक्षा गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित