एनआरएनएमा नयाँ समीकरण, सुवेदीद्वारा समूह परिवर्तन, शर्मासंग सहमतिको वार्ता

एनआरएनएमा नयाँ समीकरण, सुवेदीद्वारा समूह परिवर्तन, शर्मासंग सहमतिको वार्ता
www.europenepalikhabar.com २०८० भाद्र ७ गते बिहीबार, 24-08-2023


युरोप। गैरआवासीय नेपाली संघको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका बुद्धि सुवेदी अप्रत्याशित रूपमा बिहिवार अध्यक्षका प्रत्यासी आरके शर्मा समूहसंग सहमतिका लागि गम्भीर वार्ता गरेका छन् ।

स्रोतका अनुसार सुवेदीलाई अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठ समूहले महासचिव उम्मेदवार नबाउने निश्चित भए पछि उनले समूह परिवर्तन गर्दै  आरके शर्मासंग काठमाण्डौंमा छलफल गरेका हुन् ।

यसअघि संघका महासचिव डा. केशव पौडेलले महेश श्रेष्ठलाई समर्थन गर्ने र महासचिवमा सुवेदीलाई उम्मेदवार बनाउने काठमाण्डौंमा भएको सहमति लण्डनमा उल्टाएर संघका सचिव गंगाधार गौतमलाई सो समूहले महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो । स्रोतका अनुसार शर्माले सुवेदीलाई आफ्नो अभियानमा सहयोग गर्न सुवेदीलाई आग्रह गरेका थिए ।

सो समूहले सुवेदीलाई कोषाध्यक्ष वा उपमहासचिव पदमा उम्मेदवार बन्न सुझाव दिएको थियो तर उनले सो सुझावलाई अस्वीकार गरेका थिए । संघको अक्टोवरमा हुने ११ औं महाधिवेसको लागि अध्यक्ष प्रत्यासीहरु डा. बद्री केसी, डा. हेमराज शर्मा, महेश श्रेष्ठ, रविना थापा, आरके शर्मा र विनय अधिकारीले आआफ्नो आन्तरिक तयारी थालेका छन् ।

डा. केसीले  महासचिव रूपमा अमेरिकाका गौरीराज जोशी अघि सारेका छन्  ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित