एनआरएनए निर्वाचनः सुनिल शाहले उपाध्यक्षमा उम्मेदवारी दिने, डा. बद्री केसीसंग आन्तरिक सहमति

एनआरएनए निर्वाचनः सुनिल शाहले उपाध्यक्षमा उम्मेदवारी दिने, डा. बद्री केसीसंग आन्तरिक सहमति
www.europenepalikhabar.com २०८० भाद्र १८ गते सोमबार, 4-09-2023


युरोप । गैरआवासीय नेपाली संघको अक्टोवर महिनामा हुने ११ औं महाधिवेसको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका सुनिल शाहले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । 

शाहले नेपाल पत्रकार महासंघ यूरोप शाखाद्धारा सोमवार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै विश्वभर छरिएका एनआरएन साथीहरुको सुझावको आधारमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निचोडमा पुगेको सुनाए । स्रोतका अनुसार उनले संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीलाई आगामी निर्वाचनमा सहयोग गर्ने आन्तरिक सहमति भएको छ । शाहले केही दिन भित्र उपाध्यक्षको लागि औपचारिक उम्मेदवारी  घोषणा गर्ने तयारी गरेका छन् ।

संघका कोषाध्यक्ष समेत रहेका शाहले आफ्नो कार्यकालमा संघको आर्थिक पारदर्शिततालाई एनआरएनएका सदस्यहरुले बुझ्ने गरि मासिक प्रतिवेदन सार्वजनिक गरिएको बताए । उनले संघको केन्द्रीय कार्यालय संचालनलाई व्यवस्थित बनाउन आर्थिक व्यवस्थापन राम्रो गरिएको बताए । 

उनले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमा भएका निर्वाचनहरु निश्पक्ष र विवाद रहित भएको बताए । उनले गैरआवासीय नेपाली संघको अभियानमा राजनीतिक दलहरुको भूमिका रहे पनि संघको आन्तरिक निर्वाचनमा हुने हस्तक्षेप भने स्वीकार्य नहुने बताए । उनले गैरआवासीय नेपाली संघको आगामी नेतृत्वमा सक्षम व्यक्ति आउनु पर्नेमा जोड दिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित