एनआरएनए पोर्चुगलको इतिहासमा नै सबैभन्दा बढी बचत रकम सहित बरबुझारथ र कागजात हस्तान्तरण

एनआरएनए पोर्चुगलको इतिहासमा नै सबैभन्दा बढी बचत रकम सहित बरबुझारथ र कागजात हस्तान्तरण
www.europenepalikhabar.com २०८० भाद्र १८ गते सोमबार, 4-09-2023


४ सेप्टेम्बर, लिस्बन । गैरआवासीय नेपाली संघ पोर्चुगलको इतिहासमा नै सबैभन्दा बढी रकम (३०,१७८.५४ युरो) बचत गरेर २०२१-२३ को कार्यसमितिको तर्फबाट नवनिर्वाचित कार्यसमिति(२०२३-२५) लाई बरबुझारथ र कागजातहरु हस्तान्तरण गरेको छ । 

हिजो ३ सेप्टेम्बरका दिन नवनिर्वाचित कार्यसमितिको बैठकमा बरबुझारथ तथा कागजात र प्रतिवेदनहरु हस्तान्तरण गरेको निवर्तमान महासचिव तथा नवनिर्वाचित आइसिसी सदस्य राजकुमार थापाले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगल सन् २०२१-२०२३ कार्यकालका निवर्तमान अध्यक्ष रविन अधिकारी, सोमफुरि शेर्पा र निवर्तमान महासचिव राजकुमार थापाले नवनिर्वाचित कार्यसमिति (२०२३-२५) का नवनिर्वाचित अध्यक्ष उमेशकुमार खड्का, वरिष्ठ उपाध्यक्ष दीपा काफ्ले, महासचिव भुवन कडेंल, कोषाध्यक्ष राजेन्द्र डुम्रे लगायतलाई नवनिर्वाचित कार्यसमितिको बैठकमा आर्थिक प्रतिवेदन, बैंक कार्ड तथा डकुमेन्ट तथा सम्पूर्ण कागजात बरबुझारथ र कार्यसम्पादन एवं प्रगति प्रतिवेदन हस्तान्तरण कार्य भएको हो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित