१५ करोडमा बिकेको यो रातो स्वीटरमा के छ ? कसले, किन किन्यो यो स्वीटर ??

१५ करोडमा बिकेको यो रातो स्वीटरमा के छ ? कसले, किन किन्यो यो स्वीटर ??
www.europenepalikhabar.com २०८० भाद्र ३० गते शनिबार, 16-09-2023


युरोपनेपाली खबर ।

तपाईंले हजारौं तथा लाखौ रुपैयाँसम्म मूल्य पर्ने महंगा महँगा कपडा देख्नु भएको छ होला । तर के १५ करोड रुपैयाँभन्दा धेरै पर्ने एउटा स्वेटर देख्नु भएको छ ?

एउटा रातो रञको स्वीटर हालै करिब १५ करोड १५ लाख रुपैयाँ बराबरको मूल्यमा लिलाम बिक्री भएको छ।

उक्त स्वीटरको लिलाममा बोली लगाउनका लागि धनाढ्यहरुबीच होडबाजी नै चलेको थियो ।

अमेरिकाको न्युयोर्कस्थित सोथबीमा गत अगष्ट ३१ मा उक्त स्विटरको लिलामी भएको थियो । जहाँ उक्त स्वेटर ११ लाख ४० हजार डलरमा लिलाम भएको थियो ।

लिलाम गर्ने कम्पनीलाई सो स्वीटर करिब आधा करोड रुपैयाँ सम्ममा बिक्री हुनसक्ने अपेक्षा थियो । तर त्यसको कैयन् गुणा बढी मूल्यमा स्वीटर लिलाम भयो । स्वीटर खरीदकर्ताको नाम चाहिं खुलाइएको छैन ।

देख्दा निकै सामान्य देखिने उक्त स्वीटर आखिर किन करोडौं मूल्यमा बिक्री भयो त ?

यसको विशेष कारण छ ।

वास्तवमा यो स्वीटर जो व्यक्तिले पहिरिएका थिए उनकै कारण यो बहुमूल्य बनेको हो ।

नबनोस् पनि किन ? उक्त स्वीटर बेलायती पूर्व युवराज्ञी डायनाले लगाएको स्वेटर हो । यहीँ स्वेटर लगाएका उनका कैयन् तस्वीरहरु सार्वजनिक छन् ।

डायनासँग सम्बन्धित सरसामानहरु पछिल्लो समयमा एक एक गरी लिलाम भैरहेका छन् ।

उनको बिहेको फोर्ड कार पनि लिलाम भैसकेको छ । तर सबैभन्दा महँगोमा भने उनको स्वीटर बिक्री भयो । सो स्वीटरको डिजाइनलाई बेलायती राजपरिवारमा डायनाको स्थानको प्रतिकको रुपमा लिइएको छ । जहाँ रातो रञको पृष्ठभूमिमा सेतो रञका भेडाहरु छन् । ती सेता भेडाहरुको बीचमा एउटा भने कालो रञको भेडा छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित