गौरीराज जोशीले एनआरएनए महासचिवमा पुन: उम्मेदवारी दिने

गौरीराज जोशीले एनआरएनए महासचिवमा पुन: उम्मेदवारी दिने
www.europenepalikhabar.com २०८० भाद्र ३० गते शनिबार, 16-09-2023


पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव गौरीराज जोशीले आउँदो कार्यकालका लागि पनि सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  

गैरआवासीय अभियन्ताहरूको चाहना र सुझावबमोजिम आफूले पुन: महासचिवमा उम्मेदवारी दिन लागेको जोशीले बताए । संघको ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० देखि कात्तिक ३ (अक्टोबर १७ देखि २० तारिख) सम्म हुने तय भइसकेको छ ।

सन् २००५ देखि गैर आवासीय नेपालीको अभियानमा जोडिएका जोशीले आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताए । एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम र फेस भेरिफिकेसन सिस्टमका योजनाकार उनैलाई मानिन्छ । संघको आगामी निर्वाचन पनि अनलाइन प्रणालीमा हुँदैछ ।

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए । उनले अमेरिकामै आईटी अध्ययन पूरा गरे । अमेरिकामा आईटी क्षेत्रमा सफल व्यवसायी जोशी लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय छन् ।

उनको रियल स्टेट र नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ । जोशीले भारतमा पनि आईटी व्यवसाय विस्तार गरेका छन् ।

जोशी नेपाली समाज टेक्ससको पूर्वअध्यक्ष र एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन् ।

‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव पनि छ । जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्यधिक मतसहित विजयी भएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित