एनआरएनए निर्वाचनमा गम्भीर त्रुटी केही देखिएन : केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल प्रहरी

एनआरएनए निर्वाचनमा गम्भीर त्रुटी केही देखिएन : केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल प्रहरी
www.europenepalikhabar.com २०८० मंसीर १० गते आइतबार, 26-11-2023


युरोप । गैरआवासीय नेपाली संघ (एनआरएनए) को गत महिना सम्पन्न अनलाइन मतदानको विषयमा छानविन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो रिर्पोट बुझाएको छ । गतसाता प्रधानमन्त्री कार्यालयमा पुगेको सो रिर्पोटमा संघको निर्वाचनमा गम्भीर त्रुटी वा सर्रभर ह्याकको सम्भवना नरहेको निष्कर्ष निकालिएको छ ।

स्रोतका अनुसार सीआईबीले निर्वाचनका क्रममा प्राप्त गुनासाहरुको फेरहिस्सा आफ्नो छानविन रिपोटमा समेटेको बुझिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा सीआईबीले छानविनको प्रकृया सुरु गरेको थियो । निर्वाचनमा सरकार पक्षीय सबै उम्मेदवार पराजीत भएपछि गृहमन्त्रालयले छानविनको लागि सीआईबीलाई पत्राचार गरेको थियो ।

४ हप्ता लामो छानविनका क्रममा सीआईबीले गैरआवासीय नेपाली संघको कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत, आईटी प्रमुख महेश श्रेष्ठ, निर्वाचन आयुक्त यादव ढुंगान, अष्ट्रेलियन कम्पनी भेरो लगायतसँग बयान लिएको थियो । बयानका क्रममा सीआईबीले पराजित समूहले उठाउँदै आएका तर्कहरुमा केन्द्रीत रहेर अनुसन्धान गरेको थियो ।

सीआईबीले आफ्नो प्रतिवेदनका कुनै एक व्यक्ति वा संस्थाले सरर्भर ह्याक गरेर निर्वाचन प्रणालीमा हस्तक्षेप गरेको भन्ने आशंकालाई चिर्दै कसैलाई पनि दोषी ठहराएको छैन् । 

यसअघि अमेरिका भ्रमणमा रहेको मन्त्रीसाउदले आफ्नै निर्वाचन गरेर आफै धाँधली भयो भन्दै हिड्नु कुनै अर्थ नरहेको बताउँदै मन्त्रालयले कानुन अनुरुप काम गर्ने भन्दै यो विवादमा पर्न चाहेका थिएनन् ।

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले शनिवार एक अन्तरवार्तामा एक अन्तराष्ट्रिय स्वतन्त्र कम्पनीमार्फत सो निर्वाचनको प्रकृयाका बारेमा अडिट गर्न तयार रहेको बताएका छन् । उनले सो निर्वाचनमा कहिकतै धाँधली भएको भन्ने कानूनी रुपमा पुष्टि भए आफूले राजिनामा दिने घोषणा गरेको छ ।

एनआरएनए निर्वाचनमा अष्ट्रेलियन दूतावासको चासो

गैरआवासीय नेपाली संघको गत महिना सम्पन्न निर्वाचनको विषयमा नेपालस्थित अष्ट्रेलियन दुतावासले चासो राखेको बताएको छ । अष्ट्रेलियन कम्पनी भेरेले गरेको निर्वाचन परिणामलाई पराजित समूहले अतिरन्जित गरेपछि दुतावासले आफ्नो देशकै प्रतिस्ठामा आँच आउने भन्दै सरकारलाई सजग गराएको हो ।

निर्वाचन गर्ने जिम्मा लिएको भेरो कम्पनीले निर्वाचनको परिणाम सुनाउदै निर्वाचनका क्रममा कुनै पनि कमजोरी देखिमा आफू संसारको जुनसुकै अदालतमा पनि उपस्थित भएर जवाफ दिने बताएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित