४०-५० हजार भन्दा बढी नेपालीको हकहितका लागि पोर्चुगलमा दूतावास खोलिएको हो : मन्त्री साउद

४०-५० हजार भन्दा बढी नेपालीको हकहितका लागि  पोर्चुगलमा दूतावास खोलिएको हो : मन्त्री साउद
पोर्चुगलमा नेपाली दूतावासको स्थापनाको माग गर्दै तत्कालीन एनआरएनए पोर्चुगलका अध्यक्ष रबिन अधिकारी र महासचिव राजकुमार थापा(चेकको प्राग)
www.europenepalikhabar.com २०८० मंसीर २२ गते शुक्रबार, 8-12-2023


पोर्चुगल । परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा रहेका ४०-५० हजारभन्दा बढी नेपालीको हकहितको रक्षा र उनीहरूलाई प्रत्यक्ष सेवा दिनका लागि राजदूतावास खोलिएको बताएका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले पोर्चुगलमा नेपालीहरूहरूको संख्या  बढिरहेकोले दूतावास आवश्यक रहेको बताए ।


त्यहाँ दूतावास खोलेपछि पोर्चुगलबाट नेपालमा पर्यटन, लगानी र व्यापार प्रवर्द्धनका लागि सहयोग पुग्ने बताए । 

शुक्रबार समितिले पोर्चुगलमा राजदूतावास खोल्नुको औचित्य प्रष्ट पार्न मन्त्री साउदलाई समितिमा बोलाएको थियो। 

मन्त्री साउदको भनाइपछि बोल्दै एमाले सचेतक महेश बर्तौलाले पोर्चुगलमा ५०-६० हजारभन्दा बढी नेपाली रहेकोले दूतावास खोल्नु उचित  छ तर  बजेट वक्तव्यमा अर्थमन्त्रीले बजेट छैन भनेर आवश्यक पर्ने सरकारी निकायलाई पैसा नदिएको भन्दै पोर्चुगलमा दूतावास व्यवस्थापनमा समस्या नपर्ने गरी दिगो बनाउनु पर्ने सुझाव दिए। यस्तै उनले प्यालेस्टाइनको हमास समूहले अपहरण गरेका विपिन जोशीको अवस्थाबारे जानकारी गराउन आग्रह गरे । 

यस्तै काँग्रेस सांसद रमेशजंग रायमाझीले पोर्चुगलमा राजदूतावास खोल्दा कति आर्थिक व्ययभार पर्छ भन्दै प्रश्न गरे । उनले कोप सम्मेलनमा जाँदा दुबईमा नेपाली राजदूतले राम्रो गाडी चढ्ने अवस्था समेत नदेखेकोले दूतावास खोलेपछि व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए । 

सरकारले पोर्चुगलमा पहिलोपटक दूतावास खोलेर राजदूत पठाउन लागेको हो । सरकारले पोर्चुगलको राजदूतका लागि प्रस्ताव गरेका सनिल नेपालमाथि संसदीय सुनुवाइ भइरहेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित