प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले गर्यो जिम्मेवारी हेरफेर, पोर्चुगल लगायत ४ देशको इन्चार्जमा भट्टराई

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले गर्यो जिम्मेवारी हेरफेर, पोर्चुगल लगायत ४ देशको  इन्चार्जमा भट्टराई
तस्बिर : प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा
www.europenepalikhabar.com २०८१ बैशाख ७ गते शुक्रबार, 19-04-2024


पोर्चुगल । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको १६औं बैठक संगठनलाई चलायमान बनाउन बिशेष निर्णयसहित सम्पन्न भएको छ ।

अध्यक्ष सञ्जय थापाको अध्यक्षता र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा अप्रिल ७ तारिकमा बसेको बैठकले बिभिन्न महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकले ‘प्रवासी नेपाली मञ्च, श्रमिक राहत कोष’ सञ्चालनका लागि नियमावली अनुमोदन गरेको छ । कोष सञ्चालनका लागि नियमावली बनाउन गठित समितिका संयोजक कमलमणि गुरागाईले प्रस्तुत गर्नुभएको नियमावली सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

गत फेब्रुअरी १० तारिक मलेसियाको राजधानी क्वलालम्पुरमा सम्पन्न अन्तराष्ट्रिय कमिटीको भौतिक बैठकले बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, मध्यपूर्वलगायत बिश्वका बिभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिकहरुको आकस्मिक रुपमा आइपर्ने समस्याहरुलाई तत्काल सम्बोधन गर्ने उदेश्यले ‘प्रवासी नेपाली मञ्च, श्रमिक राहत कोष’ स्थापना गर्ने निर्णयसहित सचिवालय सदस्य गुरागाईलाई संयोजकको जिम्मेवारी तोकेको थियो ।

आफूले पाएको जिम्मेवारी अनुसार गुरागाईले कोषलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नियमावली तयार पारी बैठकमा प्रस्तुत गर्नुभएको थियो । सो नियमावलीलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको सचिव हेम शेर्पाले जानकारी दिनुभयो । सचिव शेर्पाका अनुसार बैठकले अन्तराष्ट्रिय कमिटीका सदस्यहरुको जिम्मेवारी हेरफेर र कार्यबिभाजनसमेत गरेको छ ।

सचिव शेर्पाका अनुसार बैठकले अन्तराष्ट्रिय कमिटीका सदस्य सन्तोष भट्टराईलाई युरोपका ४ वटा देशहरु पोर्चुगल, रोमानिया, फिनल्याण्ड र इटली राष्ट्रिय कमिटी इञ्चार्जको जिम्मेवारी तोकेको छ । भट्टराईलाई मलेसियामा सम्पन्न बैठकले अन्तराष्ट्रिय कमिटीको सदस्यमा मनोनीत गरेको थियो ।

यसैगरी बैठकले प्रवासीहरुको नेपाली नागरिकतालाई निरन्तरता दिलाउन गठित कार्यदल सदस्यमा अमेरिकाकी नेतृ यमुना भट्टराईलाई मनोनीत गरेको छ ।

बैठकले युरोपमा संगठन बिस्तार एवं पुनर्ताजकीको काम गरेको भन्दै युरोप महादेश कमिटीलाइ धन्यवाद दिएको छ । यसैगरी बैठकले गत मार्च २५ मा बसेको सचिवालय बैठकले गरेको निर्णयहरुलाई अनुमोदन गरेको छ ।

मञ्चका अध्यक्ष सञ्जय थापाको अध्यक्षता र इञ्चार्ज नेकपा एमाले स्थायी कमिटीका सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकले मलेसिया बैठकको बृहत समिक्षा गरी बैठकमा आएका महत्वपुर्ण सुझावहरुलाई समेटेर समीक्षा प्रतिवेदनलाई अन्तिम रुप दिइ आगामी बैठकमा पेश गर्न प्रतिवेदन तयारी समतिलाई निर्देशन दिएको छ ।

उपाध्यक्ष रमेश पाण्डे संयोजक रहनुभएको प्रतिवेदन तयारी समितिमा सचिवालय सदस्यहरु प्रभु थापा, भक्त गुरुङ र कमलमणि गुरागाई सदस्य रहनुभएको छ । यस्तै बैठकले आर्थिक बिभाग प्रमुख सुरेन्द्र थपलियाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित