प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको अधिवेशन जुलाई ६ र ७ काठमाडौंमा

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको अधिवेशन जुलाई ६ र ७ काठमाडौंमा
www.europenepalikhabar.com २०८१ बैशाख १६ गते आइतबार, 28- 04-2024


युरोप/नेकपा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशन जुलाई ६ र ७ तारिख काठमाडौंमा  हुने भएको छ।

एकीकृत समाजवादीका स्थायि कमिटी सदस्य समेत रहेका प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा अनलाइन भर्चुअल माध्यमबाट आज बसेको मञ्चको बैठकले सो निर्णय गरेको हो।

अधिवेशनले राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने तथा आगामी कार्यकालकालागि नयाँ कार्यसमिति चयन गर्ने मञ्चका सहसंयोजक सुभाष पोखरेलले बताए।

पार्टीको संगठन भएकाले राजनीतिक विषयमा छलफल त हुने नै छ। तर संगै प्रवासमा रहेका नेपाली श्रम, सीप र पूँजीलाई नेपालमा कसरी भित्र्याउने, विदेशमा रहेका नेपालीको मतदान गर्न पाउने व्यवस्थालगायतका विषयमा पनि अधिवेशनमा गम्भीर छलफल गरिने उनले बताए। 

अधिवेशनमा प्रवासी नेपाली एकता मञ्चको ५१ सदस्यीय आयोजक कमिटी, हरेक राष्ट्रिय कमिटीबाट १० जना बराबर १ जना र कमिटीले मनोनित गरिएका ५ प्रतिशत गरी २ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने मञ्चका सचिव ध्रुव सुवेदीले जानकारी दिए। 

अमेरिकी, युरोप, मध्यपूर्वी , पूर्वी एसिया र ओसिनिया महादेशका बिभिन्न ३० भन्दा बढी राष्ट्रबाट प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन् ।पार्टीको महाधिवेशनकै समयमा मञ्चको पनि अधिवेशन गर्न लागिएकोले प्रवासबाट अधिवेशनमा भाग लिने प्रतिनिधिहरु थप उत्साहित भएको सचिव सुवेदीको भनाई छ।

मञ्चको माउ पार्टी नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन जुन ३० देखि जुलाई ४ तारिखसम्म काठमाडौंमा हुँदैछ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित