कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ

कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले लिए शपथ
www.europenepalikhabar.com २०८१ बैशाख २७ गते बिहीबार, 9-05-2024


 रानामगर र उप्रेती बिनाविभागीय मन्त्री

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अपराह्न शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

एमाले–माओवादीले बुधबार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण गराएका थिए । खापुङले दुई दलको मागअनुसार कानुनी परामर्शपश्चात् राति पौने ११ बजे नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको आह्वानपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ५२ सांसदहरुको हस्ताक्षरसहित बिहीबार दिउँसो मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेश प्रमुखले ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीलाई आफ्ना ३९ र माओवादी केन्द्रका १३ सांसदको साथ छ ।

शपथलगत्तै कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसअनुसार एमालेबाट रामबहादुर रानामगर तथा माओवादीवाट गणेश उप्रेती बिनाविभागीय मन्त्री बनेका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा उप्रेती पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

चैत २६ मा एमाले–माओवादीले समर्थन फिर्ता लिएसँगै उप्रेतीले पनि सरकार छाडेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित