योगमाया आयुर्वेद विश्वविद्यालय कार्यान्वयनमा किन भइरहेछ ढिलाई ?

योगमाया आयुर्वेद विश्वविद्यालय कार्यान्वयनमा किन भइरहेछ ढिलाई ?
२०८१ जेठ ६ गते आइतबार, 19-05-2024


राजकुमार थापा, युरोपनेपाली खबर ।

पुर्वी नेपाल हालको कोशी प्रदेशको भोजपुर -संखुवासभा जिल्लाको सिमाना मझुवाबेसीको अरुण नदी किनारबाट समाज सुधार अभियानको उद्घोष र साहसिक नेतृत्व गरेकी एक अद्वितीय महिला योगमायाको नाममा सरकारले "योगमाया आयुर्वेद विश्वविद्यालय" स्थापना गर्ने निर्णय गरी ऐन समेत बनिसक्दा पनि प्रस्तावित उक्त विश्वविद्यालय राख्ने स्थान र भौतिक संरचना बनाउने कार्य अझै अघि बढ्न सकेको छैन् ।

वि. सं. १९९८ असार महिनाको हरिसयनी एकादशीको दिन आफुसहित ६९ जना महिला तथा पुरुषहरुलाई साथै लिएर तत्कालीन सत्ताको विरुद्ध विद्रोहको  शंखनाद गरी त्यो बेलाको उच्चतम अवस्थाको परिघटनाको रूपमा अरुण नदीमा हामफाली जलसमाधि लिएको कुरा आज पनि अद्भुत घटनाको रूपमा चर्चा हुने गरेको छ ।  

"सर्वार्थ योगवाणी" की रचयिता कवयित्री समेत रहेकी उनै योगमायाको सम्मानमा ४-५ बर्ष अघि नै नेपाल सरकारबाट निर्णय भएर प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालयको संरचना निर्माण र  कार्यान्वयन पक्ष फितलो र खिचातानीमा फस्दा अझैसम्म ठोस काम हुन नसक्नु दु:खद पक्ष बनेको छ ।

विश्वविद्यालयको लागि चाहिने स्थान र प्रसस्त जग्गा उपलब्ध गराउन खाँदबारी नगरपालिका वडा नं. ९ र ८ को तुम्लिङटार क्षेत्रका बासिन्दाहरु र स्थानीय निकायसमेत तयार रहँदा पनि कार्यान्वयन पक्ष कमजोर बन्दा स्थापनाको समयमा जुन उत्साह थियो त्यसमा कमी आउन नदिन आफू हरतरहले सक्रिय रहिरहेको योगमाया विश्वविद्यालय स्थापना अभियानका प्रमुख अभियान्ता मध्येका एक हिमालय-किरण क्याम्पस खाँदबारीका संस्थापक प्राचार्य डा. मातृका तिम्सिना बताउँछन् ।    

अनेकौं राजनैतिक स्वार्थ र विश्वविद्यालयमा भागवण्डाको खिचातानीले बर्षौसम्म संरचना नै बन्न नसक्नु अत्यन्त दु:खद र भावनामाथिको अवमूल्यन हुन थालेको होकी जस्तो आफुलाइ महसुस भएको योगमाया स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष राजेन्द्र थापाको प्रतिक्रिया रहेको छ ।

योगमाया विश्वविद्यालयको स्थापनाको कार्यान्वयनलाई दरिलो र ससक्त बनाउन खासगरी संखुवासभाका सम्पूर्ण राजनैतिक, सामाजिक शक्तिहरु, स्थानीय बुद्धिजीवी, समाजसेवी सबै एकजुट भएर लाग्नुपर्ने आजको मूल आवश्यकता भएको सो भेगका आमजनमानसले आग्रह गर्दै आएका छन् ।

(खाँदबारी-१०, संखुवासभाका स्थायी बासिन्दा राजकुमार थापा योगमाया स्मृति प्रतिष्ठान नेपालका संस्थापक महासचिव हुन् ।)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित