८ बुँदे घोषणापत्रसहित प्रवासी नेपाली मंच यूरोपको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा शालिक थपलिया

८ बुँदे घोषणापत्रसहित प्रवासी नेपाली मंच यूरोपको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा शालिक थपलिया
www.europenepalikhabar.com २०८३ भदौ २२ गते, सोमबार, 7-09-2026


लिस्बन (पोर्चुगल) । प्रबासी नेपाली मंच यूरोप महादेश कमिटीको प्रथम ऐतिहासिक अधिबेशन नेकपा एमालेका केन्द्रीय सचिब कमरेड भानुभक्त ढकालको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य एवं यूरोप-ओसियाना ईन्चार्ज कमरेड संजय थापा, केन्द्रीय सदस्य एवं पूर्ब प्रमुख सचेतक कमरेड महेश बर्तौला, केन्द्रीय सदस्य तथा संगठन बिभाग सचिब कमरेड आरसी लामीछाने समेतको आतिथ्यमा स्पेनको सुन्दर शहर बार्सिलोनामा सम्पन्न भयो । अधिबेशन निम्नानुसारको घोषणा गर्दछ ।

१. मंचको प्रथम यूरोप अधिबेशनमा प्रमुख अतिथीकोरुपमा आयोजकको निमन्त्रणालाई स्वीकार्दै ब्यस्त कार्यसूचीलाई थाती राख्दै प्रबासी नेपालीहरुको मनोबल उच्चपार्न नेपालदेखी सहभागीहुनु हुने केन्द्रीय सचिब एवं संगठन बिभाग प्रमुख कमरेड भानुभक्त ढकाल, बिशिष्ट अतिथिहरु केन्द्रीय सदस्य एवं यूरोप-ओसियाना ईन्चार्ज निवर्तमान अध्यक्ष कमरेड संजय थापा, केन्द्रीय सदस्य एवं पूर्ब प्रमुख सचेतक कमरेड महेश बर्तौला, केन्द्रीय सदस्य तथा संगठन बिभाग सचिब कमरेड आरसी लामीछाने, मंच केन्द्रीय कमिटी उप-सचिब प्रभूराम थापा, केन्द्रीय सदस्यहरु, अमेरीका महादेशका नवनिर्वाचित अध्यक्ष कमरेड यमुना भट्टराई तथा सल्लाकार परिषदका सदस्यकमरेडहरु, यूरोपका बिभिन्न राष्ट्रका अध्यक्षहरु एवं प्रतिनिधी कमरेडहरु प्रति यो अधिबेशन हार्दिक आभार ब्यक्त गर्दछ।

२. अधिबेशनले निवर्तमान संयोजक कमरेड मुक्त बहादुर गुरुङको राजनैतिक तथा सचिब शालिक थपलियाले प्रस्तुत गर्नु भएको सांगठानिक एवं आर्थिक प्रतिबेदन छलफल पश्चात सर्बसम्मतिले पारित गर्दछ।

३. हालै नेपालको रसुवा-नुवाकोट-धादिङ क्षेत्रमा भोटेकोशीबाट आएको बाढीले दिवंगत हुनु भएको सम्पूर्ण ब्यक्तिहरु प्रति हार्दिक समबेदना ब्यक्त गर्दै शोक-सन्तप्त परिवारजनमा गहिरो समेबेदना जाहेर गर्दछ। साथै सुरुङमा फस्नु भएका महानुभावहरुको उद्दारमा  सुरक्षाकर्मीहरु प्रति धन्यबाद ब्यक्त गर्दै सरकारले शिघ्र कदम नचाल्दा र शुरुका दिनमा गैरजिम्मेवाररुपमा प्रस्तुत हुंदा सुरुङ उद्धारमा ढिलाई हुनुको साथै स्वबिज्ञताले बेपत्ताहरुको ज‍िवनरक्षाको सवाल चुनौतीपूर्ण भएको मा यो अधिबेशन दु:ख समेत ब्यक्त गर्दछ। साथै बिस्थापित जनताको पुनस्थापनाको लागी र तत्कालै संचालनमा ल्याउनु पर्ने पूर्बाधारहरुको बैकल्पिक ब्यबस्थाको लागी समेत यो अधिबेशन जोडदार माग गर्दछ।

४. प्रबासी नेपालीहरुको साझा मुद्धा नेपाली नागारिकताको निरन्तरताको सवालमा जस्ता परोक्ष मुद्दाहरुमा पार्टी सरकारमा हुंदा पर्याप्त ध्यान नपुगेको ठहर गर्दै आगामी दिनमा सरकारमा होस वा सरकार बाहिर यस्ता मुद्दामा प्रष्ट धारणा सहित सम्बोधनको लागी यो अधिबेशन जोडदार माग गर्दछ।

५. हालै पार्टी भित्र देखिएको भनिएको अनाबश्यक छलफल र नेताहरुको सार्बजनिक टिकाटिप्पणी प्रति यो अधिबेशनको गम्भिर ध्यानआकर्षण भएको छ। पार्टी बिषम परिस्थितीमा रहेको बेला यस्ता प्रकारका ब्यबहारले न त प्रबास न घरबासमा रहेका कार्यकर्ताहरुको मनोबल बढ्छ – तत्काल यस्ता कृयाकलाप बन्द गरी शुक्ष्म समिक्षा सहित नेतृत्वगणको बिबेक र बैधानिक समाधानको लागी यो अधिबेशन आह्वान गर्दछ।

६. अहिले यूरोप नयां श्रम गन्तब्यको रुपमा रहेको छ- सुरक्षित आप्रबाशनको लागी सरोकारवालाहरु र सरकारको गम्भिर ध्यान जावोस भन्ने माग समेत गर्दछ।

७. यो अधिबेशन जलबायू परिवर्तनमा देखिएको कार्बन उत्सर्जन गर्ने बिकशित राज्यसंग नेपालले क्षतिपूर्ती र पूर्बाधार निर्माणमा उल्लेख सहयोग मात्र हैन क्षतिपूर्तीको लागी समेत यूएन लगायत अन्तराष्ट्रीय मंचहरुमा पैरबी गर्न सरकारसमक्ष माग गर्दछ।

८. अन्तमा, कमरेड शालिक थपलिया (बेल्जियम) को अध्यक्षतामा कमरेड बिनोद न्यौपाने (बेल्जियम), सचिब कमरेड. राघबेन्द्र प्रताप कार्की (रबिन) – डेनमार्क, उपसचिब क बाबा राजेश्वरी थापा (अष्ट्रिया)  र कमरेड गोबिन्द साकोटा (यूके) तथा सदस्ययरुमा कमरेड सुनिल रानाभाट (स्पेन), कमरेड ईश्चवर देबकोटा (पोल्याण्ड), कमरेड केदार थपलिया (यूके), कमरेड केशबराज पाण्डे (नेदरल्याण्ड) कमरेड तिलक भट्टराई (यूके) कमरेड तुलसीनाथ सुबेदी (बेल्जियम) रहेको कार्यसमिति निर्वाचित गर्दै भब्यरुपमा सफल गर्न सफल भएको छ ।  आयोजक तथा आतिथ्य राष्ट्रीय कमिटी स्पेन लाई बधाई र धन्यबाद ज्ञापन गर्दछ।

दिनाङ्क,

अध्यक्ष मण्डल

बार्सिलोना – स्पेन

सेप्टेम्बर ६, २०२६


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित