नयाँ कार्यसमिति चयन गर्दै प्रवासी नेपाली मञ्च पोर्चुगलको सातौं अधिवेशन सम्पन्न

नयाँ कार्यसमिति चयन गर्दै प्रवासी नेपाली मञ्च पोर्चुगलको सातौं अधिवेशन सम्पन्न
www.europenepalikhabar.com २०८३ भदौ १५ गते, सोमबार, 31-08-2026


लिस्बन (पोर्चुगल) — नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पोर्चुगलको सातौं अधिवेशन सम्पन्न भएको छ । राजधानी लिस्बनस्थित लभ लिस्बन रेस्टुरेन्टमा अगस्ट ३१ तारिख आइतबार सम्पन्न अधिवेशनले नविनकुमार थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनबाट प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा नविनकुमार थापा, सचिवमा गणेश थापा तथा उपसचिवमा राजन कार्की र जुना दाहाल निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका सदस्यहरूमा दीपक पुनमगर, नवराज घर्तीमगर, हेमन्त केसी, कमल बस्नेत, रमेश परियार, हुकुम ओली, कुविर खड्का, सुमन लम्साल, अर्जुन भण्डारी, मन्जित सिंह, नरबहादुर जिसी र प्रकाश नेपाली रहेका छन् ।

अधिवेशनमा नेकपा एमाले केन्द्रीय कमिटीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै नेकपा एमाले केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज संजय थापा, केन्द्रीय सदस्य तथा पूर्व प्रमुख सचेतक महेश बर्तौला, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव आरसी लामिछाने, अन्तर्राष्ट्रिय कमिटीका उपसचिव प्रभुराम थापा, अन्तर्राष्ट्रिय कमिटी सदस्य गोविन्द पौडेल, अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा पोर्चुगल इन्चार्ज सन्तोष भट्टराई, अमेरिका महादेश कमिटी अध्यक्ष यमुना भट्टराईलगायतका अतिथिहरूको सहभागिता जनाइ शुभकामना मन्तव्य दिएका थिए ।

त्यसैगरी गैरआवासीय नेपाली संघका उपमहासचिव दीपक ओली, युरोप संयोजक रोबोट लिम्बू, युरोप उपसंयोजक राजकुमार थापा, निर्वाचन समिति संयोजक राजाराम लामिछाने तथा गैरआवासीय नेपाली संघ पोर्चुगल संस्थापक अध्यक्ष पूर्ण हमाल, आइसीसी सदस्य उमेश खड्का, गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष बमबहादुर जिसी, पूर्व आइसीसी सदस्य शान्ति अर्याल, मंचका पूर्व अध्यक्ष सुभाषचन्द्र अधिकारी लगायतले पनि अधिवेशनमा शुभकामना व्यक्त गरेका थिए । 


पोर्चुगलमा क्रियाशील विभिन्न वैचारिक संस्थाहरु नेपाली जनसम्पर्क समितिका सभापति युवराज पन्थी, श्रम संस्कृति पोर्चुगल अध्यक्ष विकास आले, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर बिक, सामाजिक संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बु, नेप्लीज् विमेन एसोसिएसनकी अध्यक्ष गीता रेउले,  सुदुर पश्चिमेली समाजका अध्यक्ष दिपेशबिक्रम बिष्ट, नेपाल पत्रकार महासंघ युरोपका उपमहासचिव तथा गुल्मी समाजका अध्यक्ष कलश खरेल लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो ।

अधिवेशनले प्रवासी नेपाली मञ्च पोर्चुगललाई थप सुदृढ र प्रभावकारी बनाउँदै पोर्चुगलमा रहेका नेपाली समुदायका विविध समस्या तथा सरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

नयाँ नेतृत्वले संगठनलाई एकताबद्ध र व्यवस्थित रूपमा अघि बढाउँदै प्रवासी नेपालीहरूको हकहित तथा सामाजिक सरोकारका विषयमा काम गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

अधिवेशनको उद्घाटन समारोहको अध्यक्षता दिपक खत्री, संचालन रमेश बुढाथोकी र स्वागत नवीन थापाले गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित