प्रवासी नेपाली मञ्च स्लोभाकियाको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा गोकर्ण भट्ट

प्रवासी नेपाली मञ्च स्लोभाकियाको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा गोकर्ण भट्ट
www.europenepalikhabar.com


युरोप — प्रवासी नेपाली मञ्च स्लोभाकियाको प्रथम राष्ट्रिय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।

प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै संगठनलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने संकल्पसहित सम्पन्न भएको यस अधिवेशनले कमरेड गोकर्ण भट्टको अध्यक्षतामा ३० सदस्यीय नयाँ राष्ट्रिय कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रवि रिमाल, सचिवमा तिलक शर्मा न्यौपाने र उपसचिवमा सनम चालिस तथा तिलकराम न्यौपाने चयन हुनुभएको छ । नयाँ नेतृत्वले स्लोभाकियामा रहेका सम्पूर्ण नेपालीहरूलाई गोलबद्ध गर्दै मञ्चको गतिविधिलाई थप ऊर्जावान् र रचनात्मक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त ऐतिहासिक अधिवेशनमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा युरोप इन्चार्ज कमरेड सञ्जय थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । यसैगरी, विशिष्ट अतिथिको रूपमा अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा स्लोभाकिया इन्चार्ज कमरेड सन्तोष भट्टराई उपस्थित हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा प्रवासी नेपाली मञ्च अष्ट्रियाका निवर्तमान अध्यक्ष कमरेड दधिराम नेपाल र गैरआवासीय नेपाली संघ अष्ट्रियाका अध्यक्ष विनोद चौलागाईंको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय नेपाली समुदाय तथा विशिष्ट व्यक्तित्वहरूको पनि उत्साहजनक सहभागिता थियो । मकालु रेष्टुरेन्टका सञ्चालक तथा सफल व्यवसायी राजु कटुवाल, मिसेस इल्या र मिस्टर मार्टिन लगायतका व्यक्तित्वहरूले आतिथ्यता ग्रहण गर्दै नवनिर्वाचित कमिटीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । यस अधिवेशनले युरोपमा रहेका नेपाली समुदायबीच आपसी भाइचारा र संगठनात्मक एकतालाई थप मजबुत बनाएको छ ।

नवनिर्वाचित राष्ट्रिय कमिटी

अध्यक्ष: गोकर्ण भट्ट

उपाध्यक्ष: रवि रिमाल

सचिव: तिलक शर्मा न्यौपाने

उपसचिव: सनम चालिस

उपसचिव: तिलकराम न्यौपाने

सदस्यहरू:

१. सुशील सुवेदी

२. कृष्णचन्द्र ठकुरी

३. सुनीता ओझा

४. रविन्द्रसिंह थापा

५. शिवु धिताल

६. तारा खड्का

७. टंकराज भण्डारी

८. सिमन सेवा

९. सुशील खड्का

१०. मानबहादुर घर्ती

११. सुरेश चन्द

१२. खिमराज भुसाल

१३. रामजी रानाभाट

१४. लेखनाथ बेल्वासे

१५. जीवन क्षेत्री

१६. ज्ञानकुमार लामा

१७. प्रमिष कोइराला

१८. सुसानध्वज पौडेल

१९. अनुषा राना

२०. घनबहादुर सुनार

२१. दिपेश खत्री

२२. विष्णुप्रसाद सिंखडा

२३. पवित्रा जैसी

२४. अजय भट्टराई

२५. रोमा

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित