लिस्बन, पोर्चुगल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली मञ्च, पोर्चुगलको आइतबार सम्पन्न आठौँ एकता अधिवेशनबाट सरिता शर्मा अध्यक्षमा निर्वाचित भएकी छन्।
नेकपाका नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुनले उद्घाटन गरेको उक्त अधिवेशनले शर्माको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा देवराज घिमिरे, मानवीर लामा र सुरेश कुँवर, महासचिवमा सुरेश गिरी, सचिवमा प्रकाश घिसिङ र दीपक परियार तथा कोषाध्यक्षमा शम्भु प्रसाद उप्रेती निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष शर्मा लगायत सम्पूर्ण कार्यसमितिलाई विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नयाँ नेतृत्वले पोर्चुगलमा रहेका नेपाली समुदायका साझा सरोकार, समस्या र हितका विषयलाई प्राथमिकतामा राख्दै सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। साथै, आपसी एकता, सहकार्य र जिम्मेवारीबोधलाई केन्द्रमा राख्दै संगठनलाई थप व्यवस्थित, समावेशी र परिणाममुखी बनाउने चुनौती नयाँ कार्यसमितिसामु रहेको छ।
नयाँ कार्यसमितिले विगतका अनुभव र सिकाइलाई आत्मसात् गर्दै सबैलाई समेटेर संस्थाको उद्देश्य तथा नेपाली समुदायको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास गरिएको छ।
पद केवल जिम्मेवारी प्राप्त गर्ने अवसर नभई काममार्फत विश्वास आर्जन गर्ने अवसरसमेत भएकाले नयाँ नेतृत्वले संगठन र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आफ्नो कार्यकाललाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
FOUNDER/CHIEF EDITOR :