प्रवासी नेपाली मञ्च, जर्मनीको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

प्रवासी नेपाली मञ्च, जर्मनीको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे
www.europenepalikhabar.com २०८३ भदौ १३ गते, शनिबार, 29-08-2026


युरोप । प्रवासी नेपाली मञ्च, जर्मनीको आठौँ अधिवेशन जर्मनीको फ्रान्कफर्टमा भव्यरूपमा सम्पन्न भएको छ ।

अधिवेशनमा नेकपा (एमाले) का केन्द्रीय  सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यसैगरी विशेष अतिथिका रूपमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज सञ्जय थापा, एमाले केन्द्रीय सदस्य महेश बर्तौला, केन्द्रीय सदस्य आर.सी. लामिछाने, अन्तर्राष्ट्रिय कमिटी उपसचिव प्रभु थापा, अन्तर्राष्ट्रिय कमिटी सदस्य सन्तोष भट्टराई, हेमराज जोशी, युरोप कमिटी उपसंयोजक चन्द्रकान्त आचार्य तथा युरोप महादेश कमिटीका सचिव सालिक थपलिया, प्रवासी नेपाली मंच बेल्जियमका निवर्तमान अध्यक्ष बिनोद न्यौपाने लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

अधिवेशनमा अन्तर्राष्ट्रिय कमिटीका विभिन्न विभागका सदस्य तथा सल्लाहकारहरू, युरोप कमिटीका विभागीय सदस्य तथा सल्लाहकारहरू लगायत प्रवासी नेपाली मञ्चसँग आबद्ध विभिन्न तहका नेतृत्व तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अधिवेशनलाई सफल, व्यवस्थित र ऐतिहासिक रूपमा सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुहुने सम्पूर्ण अतिथि, प्रतिनिधि, आयोजक, सदस्य तथा शुभेच्छुकहरूप्रति आयोजकहरुले आभार व्यक्त गरेका छन् ।

विशेषगरी प्रवासी नेपाली मञ्च, जर्मनीका निवर्तमान अध्यक्ष कमरेड पासाङ शेर्पाले संस्थाको नेतृत्वका क्रममा पुर्‍याउनुभएको योगदान र महत्वपूर्ण भूमिकाका लागि विशेष धन्यवाद तथा हार्दिक कृतज्ञता व्यक्त गरिएको थियो ।

प्रवासी नेपाली मञ्चलाई अझ सुदृढ, संगठित र प्रभावकारी बनाउँदै प्रवासमा रहेका नेपालीहरूको साझा हित, अधिकार र पहिचानका पक्षमा निरन्तर क्रियाशील हूने कुरा प्रतिबद्धताका साथ  अध्यक्षमा गोविन्दराज पाण्डे,उपाध्यक्षमा समीर श्रेष्ठ, सचिवमा भरत चलाउने सहितको १५ सदस्य कार्यसमिति चयन गरेको छ  ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित