प्रवासी नेपाली मञ्च माल्टाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कमल पोखरेल

प्रवासी नेपाली मञ्च माल्टाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कमल पोखरेल
www.europenepalikhabar.com २०८३ भदौ ७ गते, आइतबार, 23-08-2026


युरोप ।  प्रवासी नेपाली मञ्च माल्टाको तेस्रो अधिवेशन शनिबार माल्टामा सम्पन्न भएको छ। अधिवेशनले संगठनलाई थप सुदृढ बनाउँदै प्रवासमा रहेका नेपालीहरूको हित, नेपाली भाषा, संस्कृति तथा पहिचानको संरक्षणसँगै देशको विकास, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका पक्षमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।

अधिवेशन प्रवासी नेपाली मञ्च माल्टाका अध्यक्ष राजु अर्याल ‘बाबु" को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन मञ्चका सचिव हेमराज भण्डारीले गरेका थिए भने उपाध्यक्ष कमल पोख्रेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली मञ्च युरोपका सचिव सालिकराम थपलिया रहेका थिए। उनले प्रवासमा संगठन विस्तारसँगै नेपाली समुदायका समस्या र आवश्यकताका विषयमा सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए। नेपाली जनताको चाहनाअनुसार राजनीतिक नेतृत्व सुध्रिएर अघि बढ्नुपर्ने बताए। उनले प्रवासमा नेपाली भाषा, संस्कृति, रीतिरिवाज र पहिचानको संरक्षणमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने धारणा राखे।

युरोपका २२ देशमा प्रवासी नेपाली मञ्चको संगठन विस्तार भएको बताएका थिए । माल्टामा संगठनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने संस्थापक नेतृत्व सत्यनारायण झा तथा वर्तमान अध्यक्ष राजु अर्याल ‘बाबु’लगायत सबैको प्रशंसा गरे।

कार्यक्रममा प्रवासी नेपाली मञ्च माल्टाका संस्थापक अध्यक्ष सत्यनारायण झाले संगठन निर्माण र विस्तारका क्रममा आफूहरूले गरेको मेहनत तथा संघर्षको स्मरण गर्दै संगठनलाई मजबुत बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिए।

त्यस्तै, अधिवेशनका विशिष्ट अतिथि तथा एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष रेम्स खनालले देशलाई बलियो बनाउन विदेशमा रहेका नेपालीहरू पनि एक भएर लाग्नुपर्ने बताए। उनले प्रवासी नेपालीहरूको आवाज सरकारले सुन्नुपर्ने र रेमिटेन्समा मात्र निर्भर भएर देश सञ्चालन गर्ने सोच परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे।

माल्टा नेपाल अनलाइनका सम्पादक तथा पत्रकार धनराज अविरलले देश रहेपछि मात्र नेपालीको अस्तित्व रहने भएकाले देशको रक्षा र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताए। उनले लोकतान्त्रिक गणतन्त्र तथा नेपाली जनताले निर्माण गरेको संविधानको रक्षा गर्नु सबै नेपालीको दायित्व र जिम्मेवारी भएको उल्लेख गरे।

नेपाली जनसम्पर्क समिति माल्टाका उपसभापति रिसिराम काफ्लेले देशको हितका लागि राजनीतिमा लाग्नुपर्ने बताउँदै व्यक्तिगत स्वार्थ र फाइदाका लागि राजनीति गर्न नहुने धारणा राखे । त्यसैगरी, एनआरएनए माल्टाका वरिष्ठ उपाध्यक्ष निरज श्रेष्ठले नेपालीहरूको हित हुने गरी सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए।

एनआरएनए युरोपका सचिव तथा एनआरएनए माल्टाका पूर्वअध्यक्ष भुवन अर्यालले नेपालको समृद्धि र परिवर्तनमा नेकपा एमालेको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीभित्रका कमजोरीहरू सच्याएर देश र जनताको पक्षमा सबै उभिनुपर्ने बताए।

अधिवेशनमा माल्टामा क्रियाशील विभिन्न राजनीतिक दलसम्बद्ध संगठनका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवात राष्ट्रिय गानमा सहभागी हुँदै राष्ट्रप्रति सम्मान व्यक्त गरेर गरिएको थियो भने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।

अधिवेशनले प्रवासमा नेपाली समुदायबीच आपसी एकता, सहकार्य र संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउँदै नेपालीहरूको हकहित तथा देशको समृद्धिका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नवनिर्वाचित कार्यसमिति:

अध्यक्ष: कमल पोखरेल 

उपाध्यक्ष: हेमराज भण्डारी 

सचिव  :  राजेंद्र विस्ट 

उप -सचिब सुषमा कार्की 

उप सचिव मदन न्यौपाने 

सदस्यहरू:

केशव सिमखड़ा 

मणिराम भंडारी

प्रकाश आंदंबे 

बिश्नु प्रसाद पांडे 

रोशन लामा 

मनोज आचार्य 

शिरोमणि पौडेल 

सुनील शर्मा 

कमल केसी 

शर्मिला विस्ट

प्रसान्त आचार्य 

धनबहादुर खड़का 

आसीस गजमेर

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित