प्रवासी मंच बेल्जियमको आठौं अधिवेशन आगामी १९ मे आईतवार एन्टवेरपेनमा हुँदै

प्रवासी मंच बेल्जियमको आठौं अधिवेशन आगामी १९ मे आईतवार एन्टवेरपेनमा हुँदै
www.europenepalikhabar.com २०८१ बैशाख ३१ गते सोमबार, 13-05-2024


युरोप । प्रबासी नेपाली मंच बेल्जियमको आठौं अधिबेशन यही मे महिनाको १९ तारिख आईतवार हुने भएको छ । नेकपा एमालेको प्रबासी संगठन मंचको अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै सांगठनिक कार्ययोजना बनाउने मंचकी अध्यक्ष चन्द्रकुमारी गुरुङ ‘इशा’ ले बताइन् । 

अधिबेशनमा अन्तरराष्ट्रिय कमिटी सचिब हेम शेर्पा र उपसचिब कर्ण शाही,  संगठनका युरोप इन्चार्ज भक्त वाग्ले, युरोप संयोजक मुक्त गुरुङ लगायतका अतिथिहरु सहभागी हुनेछन् भने स्थानीय संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुका साथै संगठनमा आबद्ध अग्रज र सदस्यहरुको सहभागिता रहनेछ।

अधिबेशन ब्यबस्थापनको तयारीका लागि अन्तिम चरणमा पुगेकोछ ।सबल प्रबासी, समृद्ध नेपाल, सुखी नेपाली,अधिबेशनको नारा तय गरिएको छ ।

अधिबेशनले बिदेशमा रहेका बामपन्थी र लोकतन्त्रवादीहरुलाई एकजुट बनाएर बैदेशिक रोजगार, नेपाली नागरिकताको निरन्तरता र बिदेशबाट मतदानको अधिकार लगायतका बिषयमा सशक्त अभियान चलाऊनका लागि बेल्जियम कमिटीले काम गर्ने आफुले विश्वास लिएको प्रबासी नेपाली मंच युरोपका सचिब शालिकराम थपलियाले बताएका छन्  ।

१३३ जना संगठित सदस्यले भाग लिने यो पटकको अधिबेशनले सर्बसम्मत रुपमा आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्न प्रयत्न हुने विश्वास लिइएको छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित