लिस्बन, पोर्चुगल – परराष्ट्र मन्त्रालयले राजदूत पदका लागि न्यूनतम मापदण्ड सार्वजनिक गरेको छ। योग्य र सक्षम नेपाली नागरिकले राजदूत रिक्त रहेका मुलुकका लागि आवेदन दिन सक्नेछन्।
मापदण्डअनुसार, उम्मेदवारले कम्तिमा ३५ वर्षको उमेर पुगेको नेपाली नागरिक हुनुपर्छ। नेपाल सरकारद्वारा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण हुनु अनिवार्य छ। परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा द्विपक्षीय/बहुपक्षीय कूटनीतिमा अनुभव हुनु पर्नेछ र नेपालको प्रतिनिधित्व गर्न सक्षम हुनुपर्नेछ।
उम्मेदवारले तोकिएको देश वा संस्थामा प्रमुख कार्यसँग सम्बन्धित ज्ञान वा अनुभव राख्नु पर्नेछ। अंग्रेजी भाषामा राम्रो दक्षता अनिवार्य छ भने राजदूत भएर जाने देशको आधिकारिक भाषा ज्ञान भए अझ लाभ हुनेछ। कुनै प्रकारको स्वार्थ वा द्वन्द्वमा नभएको, उच्च नैतिक चरित्र र आचरण भएको, चुनौतीपूर्ण परिस्थितिमा काम गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ।
कूटनीतिक सम्बन्ध र भियना महासन्धि सम्बन्धी ज्ञान आवश्यक छ। साथै, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिशास्त्र, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर वा सोभन्दा माथि उपाधि, कूटनीति वा बहुपक्षीय वार्तासम्बन्धी तालिम/प्रमाणपत्र, शैक्षिक प्रकाशन वा अनुसन्धानमा योगदान हुनुपर्नेछ।
सरकारी, कूटनीतिक, निजी, गैर–सरकारी वा सार्वजनिक सेवा क्षेत्रमा नेतृत्व अनुभव, द्विपक्षीय/बहुपक्षीय वार्ता, सन्धि निर्माण वा कानुनी संरचनामा अनुभव, प्रस्तावित देश वा क्षेत्रमा पहिले काम गरेको अनुभव, व्यापार प्रवर्द्धन वा आर्थिक कूटनीतिमा अनुभव, सार्वजनिक कूटनीति र सञ्चार माध्यमसँग सहकार्य गर्न सक्ने क्षमता पनि आवश्यक छ।
मन्त्रालयले उम्मेदवारको प्रारम्भिक छनोटपछि मन्त्रिपरिषद् र संसदीय समितिबाट अन्तिम निर्णय गरिने व्यवस्था रहेको जनाएको छ। राजदूतको कार्यकाल चार वर्षको हुनेछ र तलब तथा सुविधा विशिष्ट सरकारी श्रेणी अनुसार हुनेछ।
राजदूत बन्नका लागि न्यूनतम १५ मापदण्ड:
* कम्तिमा ३५ वर्षको उमेर पुगेको नेपाली नागरिक हुनु।
* नेपाल सरकारद्वारा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण।
* परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा द्विपक्षीय/बहुपक्षीय कूटनीतिमा अनुभव।
* प्रतिनिधित्व गर्न सक्षम र प्रमुख कार्यसँग सम्बन्धित ज्ञान।
* अंग्रेजी भाषामा दक्षता; पदस्थापन हुने देशको भाषा ज्ञान लाभदायक।
* कुनै स्वार्थ वा द्वन्द्वमा नपरेको।
* उच्च नैतिक चरित्र र आचरण।
* चुनौतीपूर्ण परिस्थितिमा काम गर्न सक्ने क्षमता।
* कूटनीतिक सम्बन्ध र भियना महासन्धि सम्बन्धी ज्ञान।
* स्नातकोत्तर वा सोभन्दा माथि उपाधि सम्बन्धित क्षेत्रमा।
* कूटनीति, अन्तर्राष्ट्रिय व्यापार वा बहुपक्षीय वार्तासम्बन्धी तालिम/प्रमाणपत्र।
* शैक्षिक प्रकाशन, अनुसन्धान वा महत्त्वपूर्ण योगदान।
* नेतृत्व अनुभव: सरकारी, कूटनीतिक, निजी, गैर–सरकारी वा सार्वजनिक सेवा।
* द्विपक्षीय/बहुपक्षीय वार्ता, सन्धि निर्माण वा कानुनी संरचनामा अनुभव।
* सार्वजनिक कूटनीति, सञ्चार माध्यमसँग सहकार्य र आर्थिक/व्यापार कूटनीतिमा अनुभव।
FOUNDER/CHIEF EDITOR :