पोर्चुगलमा नेपालीले किन गुमाइरहेछन् अकालमा ज्यान ?

पोर्चुगलमा नेपालीले किन गुमाइरहेछन् अकालमा ज्यान ?
Picture : VectorStock
www.europenepalikhabar.com २०८१ बैशाख ८ गते शनिबार, 20-04-2024


विश्लेषण, PhD scholar in  Counseling.

युरोपनेपाली खबर, लिस्बन ।

सन् २०२४ लागेको साढे तीन महिनाको बीचमा मात्रै पोर्चुगलमा झण्डै १ दर्जन जना नेपालीको निधन भैसक्यो । ती मध्ये धेरै जनाको सुतेकै अवस्थामा मृत्यु भएको थियो । केहीको रोगव्याधीको कारण ज्यान गएको छ भने केही युवायुवतीले आत्महत्या गरेका छन् । केहीको भवितव्यले र केहीको समुन्द्रमा डुबेर मृत्यु भएको छ । 

 पोर्चुगल कागजात बनाउन युरोप आउने नेपालीहरुले सुन्दर भविष्यको कल्पना गर्ने सर्वाधिक रोजाइभित्र पर्ने देश र गन्तव्य  हो । तर, स्वप्न गन्तव्यमा सुन्दर भविष्यको सपना बुन्दै श्रम गरिरहेका, अवसर खोजिरहेका खासगरी युवायुवतीहरुको यसप्रकारको अकाल मृत्युको श्रृंखलाले आम पोर्चुगलबासी नेपालीलाई स्तब्ध र विचलित तुल्याएको छ ।



परदेशी जीवन सोचेभन्दा संघर्षपूर्ण छ, हुन्छ । जे जस्तो गाह्रोसाह्रो परे पनि सामना गर्न सक्छु भन्ने हिम्मत राखेर विदेश आउने गरिन्छ । यस अवस्थामा परदेशमा रहँदा बस्दा सबैभन्दा ख्याल गर्नुपर्ने भनेको आफ्नो शारीरिक र मानसिक स्वास्थ्य हो ।

यस्ता दुःखद घटनाहरुको बारेमा देखिए र बुझिए अनुसार  केही भवितव्य एवं रोग्व्याधी, डिप्रेसन, पारिवारिक र आर्थिक बोझको तनावका कारण भएपनि धेरै जसो विभिन्न अवस्थामा मृत भेटिएकाको मृत्युको प्रमुख कारण मदिरा सेवनसँग सम्बन्धित रहेको पाइएको छ । सुन्दर भविष्य निर्माण गर्न आतुर धेरै युवायुवतीमा रमाइलोका लागि मदिरा सेवन गर्ने गरेको पाइन्छ । यसका अलावा थकान र तनाव मेटाउन पनि उनीहरुले मदिराको सहारा लिने गरेका छन् ।थकान मेटिन्छ वा आर्थिक र पारिवारिक तनाव कम हुन्छ भनेर विदेश पुगेपछि मदिरा सेवन सुरु भएर अनियन्त्रित हुँदै जीवनकै अन्त्य गरेको पाइन्छ ।

तर, यसमा बुझ्नुपर्ने कुरा के हो भने स्वास्थ्यका दृष्टिकोणले मदिरा सेवन कुनै रूपमा राम्रो हुँदै होइन । किनकि यसले विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्या निम्त्याउँछ । विश्वमा मदिराका बारेमा फरकफरक धारणाहरु छन्, नियन्त्रित सीमाभित्र रहेर थोरै मदिरा सेवन गर्न सकिने तर्क कतिपय चिकित्सकहरुले दिने गरेका छन् । केहीले कुनै पनि मात्रामा हुने मदिरा सेवन हानिकारक हुने मत राख्छन् ।

५ लाख चिनियाँ नागरिकलाई १० वर्ष नियालेर गरिएको अध्ययनका आधारमा ल्यानसेन्ट जर्नलमा केही वर्ष अगाडि प्रकाशित शोधले ठिक्क वा थौरै मात्रामा मदिरा सेवन गरे पनि त्यसले उच्च रक्तचाप र मस्तिष्काघातको सम्भावना बढाउने उल्लेख गरेको थियो । यसका अलावा अत्यधिक मदिरा सेवनबाट मुटु-कलेजोसम्बन्धी समस्या हुने चिकित्सकीय अध्ययनले देखाएकै तथ्य हो । त्यसैले सकेसम्म पूर्ण रुपमा मदिरा त्याग उत्कृष्ट समाधान हो । तर, सकिँदैन भने कहिलेकाहीं साथीभाइको जमघट गर्नु, रमाइलो गर्नु आफ्नो ठाउँमा छ । तर, ज्यानै जानेगरी नियमित रुपमा अत्यधिक मदिरा सेवन गर्ने बानीलाई छोडौं ।

यस्तै थकान मेटाउन मदिरा सेवन गर्नेहरु पनि छन् । उनीहरुले थकान तथा तनाव मेटाउन चियालगायतका अन्य स्वस्थवर्द्धक विकल्प रोज्न सक्छन् । जस्तैः विभिन्न अध्ययनले क्यामोमाइल चियाको नियमित सेवनले अनिदो, तनाव तथा थकानको समस्यामा सहयोग पुग्ने देखाएको छ । त्यसैले मदिराको सट्टा यी सजिला विकल्पलाई किन आत्मसात नगर्ने ? यसले स्वास्थ्यसँगै पैसा बचतमा समेत सहयोग पुर्‍याउँछ ।

यसैगरी मदिरा सेवन गरेर सवारीसाधन हाँक्ने काम नगरौं । किनकि यसले हुन जाने दुर्घटनाबाट ज्यानै जान सक्ने खतरा त छँदैछ, यसको साथमा प्रहरीको फन्दामा परियो भने ठूलो सजाय हुनसक्छ । यी मामिलामा दोषी पाइएमा कानूनअनुसार अधिकतम घटना हेरी वर्ष कैद तथा ठूलो रकम जरिवाना हुन्छ । यदि दुर्घटनामा परेर कसैको ज्यान गएमा थप कडा सजायको व्यवस्था छ ।

विदेशमा गएकाहरुले शारीरिकसँगै मानसिक स्वास्थ्यको पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ । परदेशको ठाउँ हुँदा धेरैमा एक्लो महसुस हुने गर्छ । यसका लागि सामाजिक घुलनमा रहनुपर्छ । अर्थात, घरपरिवार, आफन्त, साथीभाइसँग सधैं सम्पर्कमा रहने गरौं । बिदाको समयमा साथीभाइहरु जमघट भएर कुनै रचनात्मक कार्यतर्फ मन लगाउने, घुमफिर गर्ने, रमाइलो गर्ने बानी बसालौं । काम काम भनेर काममा मात्र आफूलाई व्यस्त नराखौं । यसले मनलाई ताजा र आनन्दित रहनमा सहयोग गर्छ ।

थकान मेटाउन मदिरा सेवन गर्नेहरु पनि छन् । उनीहरुले थकान तथा तनाव मेटाउन चियालगायतका अन्य स्वस्थवर्द्धक विकल्प रोज्न सक्छन् । जस्तैः विभिन्न अध्ययनले क्यामोमाइल चियाको नियमित सेवनले अनिदो, तनाव तथा थकानको समस्यामा सहयोग पुग्ने देखाएको छ ।

यसले एक्लो अनुभव हुन दिनेछैन । कतिपय घरपरिवारसँग सम्पर्कविहीन बस्ने गरेका गुनासाहरु अत्यधिक आउने गरेका छन् । एकांकीपनले विभिन्न मानसिक समस्याहरु निम्त्याउने गर्छन् । यसतर्फ ख्याल गर्नुपर्छ । जीवनभन्दा अमूल्य अरु केही छैन । त्यसैले सुन्दर जीवनलाई यत्तिकै खेर नफालौं । हरेक चुनौतीसँग सामना गर्दै स्वास्थ्य र सुन्दर जीवनयापन गर्न सिकौं । परिवारले तपाईं फर्किने बाटो कुरेर बसेका छन् भनेर सधैं हेक्का राखौं ।

कुनै समस्या छ भने सहयोग मागौं । भित्रभित्रै पिल्सेर आफूलाई तनावमा नराखौं । सरकारी तथा गैरसरकारी तहमा नागरिक तथा श्रमिकका विभिन्न समस्या हेर्न विभिन्न निकाय र संस्थाहरु क्रियाशील छन् । तिनीहरुको मद्दत लिन सकिन्छ । कामको चापले धनको आर्जनसँगै तनमा तनाव ल्याउने गर्छ, जसको असर रक्तचापमा देखिने गर्छ । तसर्थ, रक्तचापको नियमित निगरानी जरुरी हुन्छ । कोरियाका कुपाङलगायतका अनलाइन सपिङ साइटहरुमा रक्तचाप नाप्ने साधनहरु पाइन्छ । तिनलाई किनेर कोठामै राखौं र बेलाबेलामा चेकजाँच गर्ने गरौं ।

प्रायः डे-नाइट काम गर्नेहरुको प्रेसर अनियमित हुने गर्छ, ख्याल गरौं । यसैगरी निद्रा नपुगेको वा शरीरले नसकेको अवस्थामा बलपूर्वक काम नगरौं ।

माथि उल्लेख गरिएअनुसार विदेशमा श्रम गर्नेहरुमा अनिँदोको समस्या रहने गरेको छ । उनीहरुले सोको समाधान गर्न मदिराको सहारा लिने गरेका छन् । यी क्षणिक समाधानभन्दा विकल्प रोज्नुपर्छ र कम्तीमा शरीरलाई ८ घण्टा आराम दिने वातावरण बनाउनुपर्छ । यसका लागि आफ्नो दैनिक कार्यतालिकालाई अनुशासित र व्यवस्थित गर्ने गरौं । धेरैजनामा कामपछि साथीभाइ जमघट भएर अबेर सुत्ने बानी हुन्छ । यसमा ८ घण्टा आरामको तालिकालाई सम्झौता नगरौं । स्वस्थ शरीर रहे भोलिका दिनमा पनि काम गरेर कमाउन सकिन्छ ।

यी कुराहरुमा ध्यान दिने हो भने परदेशको जीवनमा आफूलाई ठीक अवस्थामा राख्न सकिन्छ । हरेक कुरा अभ्यासबाट नै अभ्यस्त हुने हुँदा आफू रहने गरेको ठाउँअनुसार आफूलाई आत्मसात गरौं र सन्तुलित रहन सिकौं ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित