एनआरएनए नर्वेको साधारणसभा सम्पन्न

एनआरएनए नर्वेको साधारणसभा सम्पन्न
www.europenepalikhabar.com २०८१ भाद्र ३ गते सोमबार, 19-08-2024


प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेको को वार्षिक साधारण सभा भव्यका साथ सम्पन्न भएको छ । 

१८ अगस्ट २०२४ आईतबारको दिन नर्वेको राजधानी ओस्लो स्थित परिषद्को कार्यालय Selma Ellefsens vei 2 को हलमा सम्पन्न सभाको उद्घघाटन प्रमुख अतिथि क्षेत्रीय  उप संयोजक राजु अर्याल तथा एनआरएन नर्वेका अध्यक्ष बिष्णु गौतमले पानसमा बत्ती बाली संयुक्त रूपमा उद्दघाटन गर्नु भएको थियो । 

उद्घघाटन र बन्दसत्र गरी २ चरणमा विभाजन गरिएको उद्घघाटन (खुल्ला ) सत्रमा राष्ट्रीय धून पछि संघका उपाध्यक्ष स्याम परियार ज्यू ले कमिटीको तर्फ बाट स्वागत मन्तव्य सहित कार्यक्रम सफलताको शुभकमाना दिनु भएको थियो ।

एनआरएन नर्बेमा स्थापित विभिन्न संघ संस्थाका प्रतिनिधि , एनआरएन नर्बेका सल्लाकर ,संरक्षक, आईसीसी संघका निबर्तवान पदाधिकारी ओस्लो बाहिर अनलाइन मार्फ़त सहभागी एनआरएनएका अभियन्ता तथा आईसीसी सदस्य पवित्र बस्नेतले वार्षिक साधारण सभा पूर्ण सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो ।

महासचिवद्वारा संचालित कार्यक्रममा शुभकामना मन्तव्य पश्चात महासचिव ईश्वरी प्रसाद खनाल प्रगति प्रतिवेदन र कोषाध्यक्ष पशुपति भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको दुबै प्रतिबेदन हलको पारित गरेको थियो ।

प्रस्तुत आर्थिक वार्षिक प्रगति प्रतिवेदन आएको केहि बुंदाहरुमा परिमार्जन गर्ने गरी पारित भएको प्रतिवेदन संघको वेबसाइट मा समावेश गर्नु आवणश्यक रहेको सुझाव साथ प्रस्तुत प्रतिवेदनमा व्यापक छलफल गरी सर्वसम्मत ले पारित गरेको हो । 

विधान  कमिटीमा रहनु भएको ५ सदस्यीय बिधान कमिटीमा संयोजक कवीन्द्र ढकाल , बिनोद बश्याल , मनोज अधिकारी, अनुष  खड़का र दिपेन बिस्ट सहित ५ सदस्यीय

विधान कमिटी बाट परिमार्जन गरि आएका  उपयुक्त सुझाव समेट्दै  साँझ ०९:०० बजे सम्म  संचालित सो हलमा बिधानमा बुदागत रूपमा छलफल गरी सर्वसम्मति द्वार पास गरीएको छ । 

बिधान अनुरूप आगामी हुने ९ औ अधिवेशनको लागी निर्वाचन कमिटी चयनको जिम्मा बर्तावन कार्यसमीती लाई दिईएको छ ।

 बन्द सत्रको छलफल पश्चात भव्य सफलताका साथ वार्षिक साधारण सभा सफल पार्न सहयोग गर्नु हुने सबै प्रति अध्यक्ष बिष्णु गौतम ले आभार ब्यक्त गर्दै औपचारिक रूपमा कार्यक्रम पहिलो चरणको कार्यक्रम समापन गर्नु भएको थियो ।

भौतिक तथा अनलाईन मार्फ़त गरि क़रीब १२५ जनाको उपस्थिति रहेको सो वार्षिक साधारण सभाको दोश्रो चरणको अध्यक्षता संरक्षक कुमार पण्डितले गर्नु भएको थियो । 

अन्त्यमा बिधान कमिटीका संयोजक कवीन्द्र ढकालले कमिटी लाई गहयोग गर्नु हुने सम्पूर्णमा आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा महासचिव खनालले अध्यक्ष मण्डल , बिधान कमिटी , अनलाईन मार्फ़त सहभागी तथा भौतिक रूपमा उपास्थित सम्पूर्णको सहयोगले संघको साधारण सभा पूर्ण रूपमा  सफल भएको छ आगामी दिनमा सहयोगको अपेक्षा सहित आभार व्यक्त  गर्नु भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित