एनआरएनए केन्द्रको वार्षिक साधारणसभा २०२४ अक्टोबर २८ मा हुने

एनआरएनए केन्द्रको वार्षिक साधारणसभा  २०२४ अक्टोबर २८ मा हुने
www.europenepalikhabar.com २०८१ असोज १ गते मंगलबार, 17-09-2024


सम्पूर्ण साधारणसभाका प्रतिनिधि महानुभावहरु,

सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरु ।

सन् २०२४ सेप्टेम्बर ८ (मिति २०८१/०५/२३) मा सम्पन्न भएको यस गैरआवासीय नेपाली संघ (“संघ”) को ९९ औं अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३-२०२५ कार्यकाल) को बैठकको निर्णयानुसार संघको वार्षिक साधारणसभा, २०२४ निम्न मिति, समय, स्थान (माध्यम समेत) मा निम्न विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण साधारणसभाका प्रतिनिधि महानुभावहरुको उपस्थितिको लागि यो सूचना प्रकाशन गरिएको छः

वार्षिक साधारणसभा बस्ने मिति, समय र स्थान:

मितिः २०८१ साल कार्तिक महिना १२ गते (तदनुसार सन् २०२४ अक्टोबर २८) सोमवार ।

स्थानः काठमाण्डौ, नेपाल । (नोटः निश्चित स्थान साधारणसभा हुने दिन भन्दा ७ (सात) दिन अगाडि जानकारी गराईनेछ ।)

माध्यमः भौतिक अथवा अनलाईन माध्यम । (नोटः अनलाईन माध्यमबाट उपस्थित हुन ईच्छुक प्रतिनिधिहरुलाई डिजिटल सफ्टवेयरको लिङ्क पठाईनेछ ।)

समयः नेपाल समय अनुसार दिउँसो २:०० बजे ।

छलफल तथा निर्णयका लागि निर्धारित विषयसूची:

सन् २०२३-२०२५ को अन्तराष्ट्रिय समन्वय परिषद्को वार्षिक क्रियाकलाप सहितको महासचिवको सांगठनिक (वार्षिक) प्रगति प्रतिवेदन बारे ।

२०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को आय-व्ययको विवरण, सम्पत्ति-दायित्वको विवरण,  नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको कोषाध्यक्षको आर्थिक प्रतिवेदन बारे ।

आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।

विभिन्न विभागहरुको प्रतिवेदन अनुमोदन गर्ने बारे ।

विभिन्न समितिहरु प्रतिवेदन अनुमोदन गर्ने बारे ।

राष्ट्रिय समन्वय परिषद्का प्रतिवेदनहरुलाई अनुमोदन गर्ने बारे ।

गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन समेत) को दफा १४ को उपदफा १४.८ अनुसार समितिहरु बारे ।

विविध ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज्ञाले,

महासचिव गौरी राज जोशी

साधारणसभा सम्बन्धी अन्य जानकारीः

वार्षिक साधारणसभा, २०२४ ("साधारणसभा") प्रयोजनको लागि गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधन समेत) ("विधान") को दफा १४ को उपदफा १४.१० को खण्ड (३) "प्रत्येक १ (एक) हजार पन्जीकृत सदस्य बराबर (एक) प्रतिनिधि तर त्यस्ता प्रतिनिधिहरु ७ (सात) जना जना भन्दा बढी हुने छैनन्" भन्ने प्रावधान अनुसारका प्रतिनिधिहरु साधारणसभा बस्ने दिन भन्दा २० दिन अगाडी अर्थात मिति २०८१/०६/२१ तदानुसार सन् २०२४ अक्टोवर ७ को कार्यालय समय भित्र संघको सूचना प्रविधि विभागमा सम्बन्धित राष्ट्रिय परिषद् बाट चयन गरि निम्नानुसार ढाँचामा प्रतिनिधिहरुको नाम संघको इमेल ठेगाना membership@nrna.org पठाउँनु पर्नेछ । सो पश्चात् आएका प्रतिनिधिहरुको विवरण मान्य हुने छैन ।

S.No.

Membership ID

Name

Country (NCC)

Email

Online or Physical

 नोटः भौतिक अथवा अनलाइन कुन माध्यमबाट साधारणसभामा भागलिने हो सोको जानकारी पनि माथिको टेबलको अन्तिम कोलममा लेखिदिनु होला ।

विधानको दफा १४ को उपदफा १४.१० को खण्ड (१-५) का प्रतिनिधिहरुको नाम साधारणसभा बस्ने दिन भन्दा  १५ (पन्ध्र) दिन अगाडी संघको वेभसाईट मार्फत सार्वजनिक गरिनेछ ।

साधारणसभाका प्रतिनिधिहरु गैरआवासीय नेपालीको हैसियत कायम रहेको हुनु पर्नेछ ।

साधारणसभाका प्रतिनिधिहरुको संघको पञ्चिकृत सदस्य कायम रहि रहेका हुनु पर्नेछ ।

११ औं अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुले संघको साधारणसभामा पर्यवेक्षकको रुपमा सहभागि हुन पाउँने छन् ।

साधारणसभामा भौतिक अथवा अनलाईन मार्फत सहभागी हुन चाहने प्रतिनिधिहरुले सन् २०२४ अक्टोबर 07 (२०८१/06/21) को कार्यालय समय भित्र संघको इमेल ठेगाना membership@nrna.org जानकारी गराई सक्नु पर्नेछ ।

साधारणसभामा भाग लिन ईच्छुक प्रतिनिधि महानुभावहरुलाई आफ्नो आधिकारिक परिचयपत्र (फोटो सहित हुन पर्नेछ) र संघको पञ्चिकृत सदस्य रहेको विवरण अनिवार्य रुपमा साथमा लिई आउनु हुन अनुरोध छ, अन्यथा सभाकक्षमा भित्र प्रवेश गर्न पाइने छैन ।

प्रतिनिधि महानुभावहरुको उपस्थिति पुस्तिकामा दस्तखत गर्न साधारणसभाको उपस्थिति पुस्तिका साधारण सभा हुने दिनको दिउँसो १:०० बजे देखि साधारणसभा हुने स्थलमा खुल्ला गरिनेछ ।

अनलाईनबाट उपस्थित हुन प्रतिनिधिहरुको उपस्थितिको अभिलेख संघको सूचना प्रविधि विभागले राख्नेछ ।

प्रतिनिधि महानुभावहरुले साधारणसभामा उपस्थितिका लागि प्रतिनिधि नियुक्त गर्ने पाईने छैन । प्रतिनिधिहरु स्वयं साधारणसभामा उपस्थित हुनु पर्नेछ ।

प्रतिनिधि महानुभावहरुले व्यक्त गर्नु भएका मन्तव्य तथा प्रश्नहरुको सम्वन्धमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का तर्फबाट सामुहिक रुपले उत्तर दिन सकिनेछ ।

साधारणसभामा छलफलका लागि तोकिएका सम्पूर्ण प्रस्तावहरु प्रतिनिधि महानुभावहरुले संघको सचिवालयमा आई निरीक्षण वा प्राप्त गर्न सक्ने व्यहोरा समेत जानकारीका लागि सूचित गरिन्छ ।

विधानको दफा १४ को उपदफा १४.१० को खण्ड (४) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारीहरु भन्नाले सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१/१२/२१ मा मुद्दा नं. ०७९-WO-१५०७ को मुद्दाको आदेशबाट कायम हुन नसक्ने सन् २०२१-२०२३ को अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी बाहेकका पदाधिकारीलाई जनाउँनेछ ।

साधारणसभा सम्वन्धमा थप जानकारी आवश्यक परेमा संघको सचिवालयमा कार्यालय समय भित्र सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।

नोटः

साधारण सभाको सूचना मिति २०८१/०६/२३ अर्थात २०२४ अक्टोवर ९ देखि संघको वेभसाईटः https://nrna.org/ मा हेर्न सक्नु हुनेछ ।

साधारण सभामा पेश हुने प्रतिवेदहरु मिति २०८१/०७/४ अर्थात २०२४ अक्टोवर २० देखि संघको वेभसाईटः https://nrna.org/ मा हेर्न सक्नु हुनेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित