पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) आसीसीले आफ्ना ८७ देशमा छरिएका राष्ट्रिय समन्वय परिषद (एनसीसी) तथा आम अगुवाहरूको बैठक बोलाएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार, गैरआवासीय नेपाली संघको वर्तमान अवस्थाबारे राष्ट्रिय समितिका सुझाव संकलन गर्न सो बैठक आव्हान गरिएको हो। बैठकमा गैरआवासीय नेपाली संघको यूरोप बैठक र कम्बोडियामा हुने एशिया क्षेत्रीय बैठक र सदस्यता वितरण सम्बन्धी छलफल हुने बताइएको छ ।
एनआरएनएको वर्तमान स्थिति, आसन्न युवा सम्मेलन तथा क्षेत्रिय बैठकहरू, तथा सदस्यता अभियानका बारेमा राय-सुझाव लिनका लागि आयोजना गर्न लागिएको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन आइसीसी र एनसीसीका वर्तमान तथा पूर्व पदाधिकारीहरू, संरक्षक, सल्लाहकार, पञ्जीकृत सदस्यहरू तथा शुभचिन्तकहरूलाई अनुरोध गर्दछौं ।
• मध्य पूर्व & अफ्रिका – जनवरी ३१, २०२५, शुक्रबार, साँझ ५:०० बजे (नेपाल समय)
• एशिया प्रशान्त & ओसियानिया – फेब्रुअरी १, २०२५, शनिबार, दिउँसो ३:०० बजे (नेपाल समय)
• युरोप & अमेरिका – फेब्रुअरी २, २०२५, आइतबार, साँझ ५:०० बजे (नेपाल समय)
पोर्चुगल समय : २ फेब्रुअरी आइतबार बिहान ११:१५ बजे । सबैमा उपस्थितिका लागि हार्दिक अनुरोध !
• ZOOM ID: 769 942 5329
• पासकोड: 2025
FOUNDER/CHIEF EDITOR :