एनआरएनए एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक शुक्रबार

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको पहिलो बैठक शुक्रबार
www.europenepalikhabar.com २०८२ मंसीर १८ गते बिहीबार, 4-12-2025


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा एकता भएपछि गठन गरिएको स्टेरिङ कमिटीको पहिलो बैठक शुक्रबार बस्ने भएको छ। डिसेम्बर ५ तारिख बिहान ९ बजेका लागि बैठक तय गरिएको जनाइएको छ।

गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका अध्यक्ष डा. बद्री केसी र महेशकुमार श्रेष्ठ नेतृत्वबीच एकता भएको थियो। एकतापछि ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको थियो । तीमध्ये १० जनाको नाम सार्वजनिक भइसकेको छ भने बाँकी एक सदस्यको नाम चाँडै सार्वजनिक गरिने जानकारी छ।

स्टेरिङ कमिटीमा डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, विनोद कुँवर, आरके शर्मा, डा.विनोद श्रेष्ठ,गौरीराज जोशी, बीआर लामा, रतन झा, गंगाधर गौतम र भवानी ओली रहेका छन्। समितिको पहिलो बैठकमा संघको कामकाजलाई चुस्त र प्रभावकारी बनाउने विषयमा छलफल हुने तथा सहमति अनुसार १२औँ महाधिवेशनको मिति तय गर्ने तयारी रहेको बताइएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित