एनआरएनएको ११ सदस्यीय स्टेरिङ कमिटीले पायो पूर्णता, पहिलो बैठक भोलि आइतबार

एनआरएनएको ११ सदस्यीय स्टेरिङ कमिटीले पायो पूर्णता, पहिलो बैठक भोलि आइतबार
www.europenepalikhabar.com २०८२ मंसीर २० गते शनिबार, 6-12-2025


लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत आइतबार भएकाे बृहत् एकता घोषणापछि गठन भएको स्टेरिङ कमिटीले पूर्णता पाएको छ। संघका अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठबीचको सहमतिअनुसार अष्ट्रेलियास्थित सक्रिय महिला अभियन्ता इन्द्रा बनलाई शनिवार समितिमा मनोनीत गरिएको हो।

उनी थपिएसँगै समितिको सदस्य संख्या ११ पुगेको छ। यसअघि दुवै पक्षबाट ५–५ जना गरी १० जनाको नाम सार्वजनिक गरिएको थियो। समितिमा एक जना महिला सदस्य हुनुपर्ने माग उठेपछि संघको अभियानमा लामो समयदेखि सक्रिय बनलाई चयन गरिएको हो।

महाधिवेशनको तयारीका लागि गठन गरिएको स्टेरिङ कमिटीको पहिलो बैठक ७ डिसेम्बर आइतवार बस्ने तयारी गरिएको छ।

समितिमा डा. बद्री केसी (रुस), महेशकुमार श्रेष्ठ (जापान), आरके शर्मा (कतार), विनोद कुँवर (कोरिया), रतन झा (अमेरिका), विनोद श्रेष्ठ (अस्ट्रेलिया), गौरीराज जोशी (अमेरिका), बीआर लामा (अमेरिका), गंगाधार गौतम (बेल्जियम), भवानी ओली (अस्ट्रेलिया) रहेका छन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित