युरोपनेपाली खबर, लिस्बन, पोर्चुगल ।
गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदमा नयाँ सदस्यता लिन चाहने तथा नविकरण गर्न चाहनेका लागि डिसेम्बर ९ देखि जनवरी ९ सम्म एक महिनाका लागि एमआरएस (मेम्बर रजिस्ट्रेशन सिस्टम) मार्फत सदस्यता खुला गर्ने निर्णय गरेको छ। सदस्यता वितरणसम्बन्धी कार्यविधि तयार गर्न गौरीराज जोशी र बीआर लामालाई जिम्मेवारी दिइएको छ ।
यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ। संघको एकतापछि गठित स्टेरिङ कमिटीको आइतवार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ ।
निर्वाचन समितिमा चिरञ्जीवी ढकाल (यूके), टीबी कार्की (कतार), नरेन्द्र भाट (कतार), होमनाथ पाण्डे (अष्ट्रेलिया) ,सुरेन्द्र श्रेष्ठ (यूके) र भरत अर्याल (अमेरिका) रहेका छन्।
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशनको मिति भने स्टेरिङ कमिटीको आगामी बैठकले तय गर्नेछ । स्टेरिङ कमिटीको बैठक हरेक हप्ता बस्ने बताइएको छ।
FOUNDER/CHIEF EDITOR :