एनआरएनएको १२ औं महाधिवेशन फेब्रुअरी २३, २४ र २५ अर्थात् फागुन ११-१३ काठमाडौमा हुने

एनआरएनएको १२ औं महाधिवेशन फेब्रुअरी २३, २४ र २५ अर्थात् फागुन ११-१३ काठमाडौमा हुने
www.europenepalikhabar.com २०८२ मंसीर २९ गते सोमबार, 15-12-2025


लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन आगामी फागुनमा हुने भएको छ ।

बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फेब्रुअरी २३ देखि २५ सम्म गर्ने निर्णय गरिएको छ । महासचिवद्धय गौरीराज जोशी र बीआर लामाले महाधिवेशनको मिति तय भएको जानकारी विज्ञप्ति मार्फत गराएका हुन् ।


एकता पश्चात् गठित स्टेरिङ कमिटीको बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो । स्टेरिङ कमिटीको बैठकले राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरण समिति गठन गरेको छ । गंगाधर गौतम संयोजक रहेको उक्त समितिमा सहसंयोजक टीका गुरुङ (राधिका) छन् भने सदस्यहरुमा नारायण काफ्ले, शनि ओली, र चिरञ्जीवी खड़का छन् ।

बैठकले एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद गर्ने निर्णय गरेको छ । डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र र  डिसेम्बर २१ मा अमेरिका तथा युरोप क्षेत्रमा अन्तक्रिया र संवाद गर्ने टुंगो लगाइएको छ ।

पाँच सदस्यीय सदस्यता समितिमा २ जना थप गरी ७ जना बनाउने निर्णय गरिएको छ । स्टेरिङ कमिटीका सबै सदस्यले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधान अनुसार आगामी स्टेरिङ कमिटी बैठकसम्म हस्ताक्षर गरिसक्नुपर्ने जानकारी गराइएको छ ।  हस्ताक्षर नगर्ने सदस्यहरूले आगामी बैठकमा सहभागिता जनाउन नपाउने समेत निर्णयमा उल्लेख छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित