पोर्चुगल – गैरआवासीय नेपाली संघ (एनआरएनए)को फेब्रुअरी २३–२५ गते काठमाण्डौमा आयोजना हुने १२ औँ महाधिवेशनमा भाग लिन चाहनेका लागि सदस्यता लिने म्याद १६ जनवरीसम्म थप गरिएको छ।
एनआरएनएका स्टेरिङ कमिटीले आइतबार बसेको बैठकमा ९ जनवरीसम्मको म्यादलाई बढाउँदै नयाँ म्याद घोषणा गरेको हो। महाधिवेशनमा प्रतिनिधि बन्न र निर्वाचनमा भाग लिन एमआरएस प्रणालीमार्फत सदस्यता लिन अनिवार्य छ।
यसअघि एनआरएनएका अध्यक्ष डा. बद्री केसी र महेश कुमार श्रेष्ठले फेब्रुअरी महिनामा बृहत् एकता महाधिवेशन गर्ने सहमति गरिसकेका छन्।
१२ औँ महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरुको सहभागिता हुने अपेक्षा गरिएको छ।
FOUNDER/CHIEF EDITOR :