गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२औँ बृहत् एकता महाधिवेशन फेब्रुअरीको अन्तिम साता गर्नैपर्ने स्पष्ट पारेका छन्। विधानअनुसार तोकिएको समयमै निर्वाचन हुन नसके वर्तमान स्टेरिङ कमिटी स्वतः भंग हुने र परराष्ट्रमा दर्ता रहेको एनआरएनए जोखिममा पर्न सक्ने चेतावनी उनले दिएका छन्।