एनआरएनए निर्वाचन पारो चड्दै : उपाध्यक्ष डा. हेमराज शर्मा बहराइनमा

www.europenepalikhabar.com २०८२ फागुन ७ गते बिहीबार, 19-02-2026


गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले साताव्यापी मध्यपूर्व भ्रमण सुरु गरेका छन्।

डा. शर्मा बुधबार बहराइन विमानस्थल पुगेपछि गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए बहराइनका अध्यक्ष राजु कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष बिमल थापा मगर, उपाध्यक्षद्धय बसुदेव प्याकुरेल र अमृत देवकोटा, महासचिव एलबी कटुवाल, कोषाध्यक्ष दीपक कर्ण, आइसीसी सदस्य बिरेन्द्र बुढाथोकी तथा सल्लाहकार राजु गुरुङ्गले स्वागत गरेका थिए।

डा. शर्माले बिहिबारदेखि बहराइन, साउदी अरब, कतार, र युएईसहितका मध्यपूर्व देशहरूमा आफ्नो भ्रमणको जानकारी दिएका छन्।

गैरआवासीय नेपाली संघको मार्च महिनामा आयोजना हुने १२ औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी बनेका डा. शर्माले आफ्नो चुनावी अभियानलाई तीब्र पार्दै सो क्षेत्रको भ्रमणमा निस्किएका हुन्।

उनी आफ्नै सामाजिक सञ्जाल फेसबुकमार्फत भन्छन्:

"गैरआवासीय नेपाली साथीभाइहरूसँग भेटघाट गर्न आजदेखि साताव्यापी भ्रमणमा निस्केको छु। व्यक्तिगत रूपमा सबैलाई खबर गर्न नसकेकोमा क्षमा माग्दै, यसै सूचना मार्फत यहाँहरूको अमूल्य समयको अपेक्षा गरेको छु। ती देशमा हुने कार्यक्रमको विस्तृत जानकारी सम्बन्धित एनसीसीहरूबाट प्राप्त गर्न सक्नुहुन्छ।"

यसअघि डा. शर्माले मार्च १४–१६ मा आयोजना हुने एनआरएनएको १२ औँ महाधिवेशनका लागि एनसीसीमार्फत प्रतिनिधिहरू पठाई यस ऐतिहासिक एकता प्रक्रियामा सहभागी हुने अवसर दिन अनुरोध गरेका थिए।

डा. शर्मासँगै उपाध्यक्ष रोजिना प्रधान राई, यूरोप संयोजक चिरञ्जीवी खड्का, एनआरएनए यूवा उपाध्यक्ष प्रत्याशी सुपेन्द्र घिसिङ्गलगायतको टोली पनि कार्यक्रममा सहभागी हुने भएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित