एनआरएनए अध्यक्षमा डा. शर्मा सर्वसम्मत, अरु पदमा केके भयो ?

एनआरएनए अध्यक्षमा डा. शर्मा सर्वसम्मत, अरु पदमा केके भयो ?
www.europenepalikhabar.com २०८२ चैत १ गते आइतबार, 15-03-2026


पोर्चुगल । लामो समयदेखि चल्दै आएको आन्तरिक खिचातानी र पटक–पटकको विभाजनपछि अन्ततः गैरआवासीय नेपाली संघ (एनआरएनए) मा सहमतिको वातावरण बनेको छ। काठमाण्डौंमा जारी संघको १२ औं महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्।

वेलायतस्थित लिभरपुल विश्वविद्यालयमा कार्यरत डा. शर्मा अध्यक्ष पदका लागि प्रमुख दावेदारका रूपमा उभिएका थिए। अध्यक्षका अर्का उम्मेदवार रोबिन शेरचन र रबिन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष बन्ने बाटो खुलेको हो।

निर्वाचन समितिले भने औपचारिक घोषणा सोमबार गर्ने जनाएको छ।

यसअघि संघका सात अध्यक्षमध्ये चार जना प्रतिस्पर्धात्मक निर्वाचनमार्फत चयन भएका थिए भने उपेन्द्र महतो, जीवा लामिछाने र देवमान हिराचन मात्र सर्वसम्मत रूपमा अध्यक्ष बनेका थिए। डा. शर्माको चयनसँगै करिब १३ वर्षपछि पुनः एनआरएनएमा अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व स्थापित भएको हो।

महाधिवेशनका क्रममा संघको नयाँ कार्यसमितिका अन्य पदहरूमा पनि सहमति जुटेको बताइएको छ। अध्यक्षसहित कुल ६९ पदमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

काठमाण्डौंमा जारी १२ औं महाधिवेशनको समापन कार्यक्रम भोलि तय गरिएको छ, प्रधानमन्त्रीले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित