बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो

बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
www.europenepalikhabar.com २०८३ जेठ ३० गते शनिबार, 13-06-2026


पारस चामलिंग, काजाब्लांका क्यासेल्लो ,बेल्जियम ।

किरात समुदायको मौलिक चाड उभौली साकेला ५०८६ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा  भव्य रूपमा सम्पन्न भएको छ। 

कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमका भिडियो शन्देस मार्फत बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत सेवा लम्सालले विदेशमा रहेका नेपालीहरूले आफ्नो संस्कृति जगेर्ना गर्न गरेका प्रयास अत्यन्त प्रशंसनीय रहेको बताउँदै भन्नुभयो, “यस्ता मौलिक पर्वहरू प्रवासमा नेपालीहरूको पहिचान जोगाउने मेरुदण्ड हुन्। साकेलाले प्रकृति र समुदायसँगको सहजीविताको सन्देश दिन्छ।”

प्रमुख अतिथि लुभेन नगरका उपमेयर लोथे रामाकर्सले नेपाली समुदायको सांस्कृतिक बहुलता देखेर खुसी व्यक्त गर्दै, “नेपालको विविधता र यहाँको सांस्कृतिक धरोहर देखेर म प्रभावित भएँ। यो विविधता विश्वकै सम्पत्ति भएको बताउनु भएको थियो। 

नेपाल र बेल्जियमबीचको सांस्कृतिक सम्बन्धको सराहना गर्दै भने, “तपाईंहरूको संस्कृति अत्यन्त जीवित र सशक्त छ। यस्ता कार्यक्रमले सहिष्णुता र मैत्री बढाउँछन्।” उप मेयर रामाकर्सले भन्नुभयो ।

स्टाड लुभेनका उपमेयर दिर्क भेन्सिनाले पनि कार्यक्रमलाई समर्थन जनाउँदै बताउनु भयो , “लुभेन सहर सधैं बहुसांस्कृतिक सहकार्यको पक्षमा छ। नेपाली समुदायले यो सहकार्यलाई अझ समृद्ध बनाएका छन्।”

कार्यक्रममा लुभेन महानगर परिषद सदस्य तथा पहिलो पटक नेपालीमूलबाट अत्याधिक बहुतका साथ निर्बाचित सुर्य ढकालले नेपालीको बिबिधता हाम्रो पहिचान भएको र साकेलाको सबैमा शुभकामना दिनु भयो ।

कार्यक्रममा बिशिष्ठ अतिथी आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुंग सहित युरोपभरिबाट आएका किरात तथा अन्य नेपाली संघसंस्थाका अगुवाहरूले पनि आ–आफ्ना मन्तव्य राख्दै साकेला चाडको महत्त्वमा प्रकाश पारे।

बिशिष्ठ अतिथी गैर आवासीय नेपाली संघ NRNA बेल्जियमका अध्यक्ष कमल पंन्ऱ्थीले किरात सम्बत ५०८६ रोमन , ग्रिक, मिश्र सभ्यता भन्दा पुरानो रहेकोले यो सभ्यतालाई उत्खनन गरेर गए मानब इतिहास कै पुरानो सभ्यता बारे बुझ्न पर्यटकको ओईरो लाग्ने बताऊनु भयो ।

जर्मनी राई सोसाईटी अध्यक्ष तथा एनआरएन निबर्तमान अध्यक्ष निनाम्मा राईले भने, “साकेला हाम्रो आत्मा हो। यो चाड मनाउनु भनेको हाम्रा पुर्खा र प्रकृतिलाई सम्झनु हो।”

किरात राई सोसाईटी पोर्चुगल अध्यक्ष अधि सोतांगले भने, “प्रवासमा साकेला मनाउँदा बालबालिकाले पनि आफ्नो जरा र पहिचान बिर्संदैनन्।” 

किरात राई समुदाय स्वीटजरल्यान्डका  सामदुंग राईले बताए, “यस्ता आयोजनाहरूले हाम्रो साझा संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर दिन्छ।”

किरात राई समुदाय जर्मनीका अध्यक्ष हेन्खामा राईले भने, “हामी जतिसुकै टाढा भए पनि संस्कृति हाम्रो जीवनको मूल हो।” सिलिम्मपा- ममा किरात राई सोसाइटी पोर्चुगलका प्रतिनिधि बिरेन राई , अजित राई ,एलिसा राई, सरू राईले साझा भनाइमा उल्लेख गरे, “साकेला एक दिनको नाच मात्र होइन, यो हाम्रो जीवन दर्शन हो।” 

किरात राई सोसाइटी स्पेनका अध्यक्ष युबराज राईले शन्देशमा  भने, “स्पेनमा पनि यस्ता कार्यक्रम सुरु गर्न प्रेरणा मिल्यो।”

किरात राई सोसाइटी स्वीटजरल्यान्डका प्रतिनिधि सामदुंग राईले भने, “आजको दिन हामीलाई हाम्रो मौलिकता सम्झाउने ऐतिहासिक दिन हो।”

नेफिन बेल्जियम निबर्तमान अध्यक्ष बिरमान मगरले भने, “साकेला किरात सभ्यताको आत्मा हो। हामीले यसलाई पीढी दरपीढी हस्तान्तरण गर्नुपर्छ।” विश्व मगर संघ बेल्जियमका अध्यक्ष कल्पना मगरले बताए, “सांस्कृतिक साझेदारीले हाम्रो सहकार्य बलियो बनाउँछ।” शेर्पा समाज बेल्जियमका अध्यक्ष दावा फिन्जो शेर्पाले भने, “सामुदायिक सहकार्य र सम्मानले नेपालीहरूको उपस्थिति अझ मजबुत बनाउँछ।”

तामाङ समाज बेल्जियमका अध्यक्ष लालिंग तामाङले भने, “सांस्कृतिक पहिचान कायम राख्न हामी सबै मिलेर अघि बढ्न जरुरी छ।” कार्यक्रमले प्रवासी नेपालीहरूमा सांस्कृतिक गर्व र आत्मीयता थप बलियो बनाएको आयोजक संस्थाले जनाएको छ। किरात राई सोसाइटी बेल्जियमले उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ व्यापक सहभागिता र अन्तर्राष्ट्रिय सांस्कृतिक सहकार्यका लागि तत्पर रहने बताएको छ।

साकेला चाड कार्यक्रममा एनआरएन अन्तराष्ट्रीय समन्वय समिति पूर्ब केन्द्रीय प्रबक्ता गंगाधर गौतम ,नेपाल ब्यबशायी संघ बेल्जियम अध्यऱ्क्ष काशी दनै ,एनआरएन बेल्जियम दोश्रो अध्यक्ष लोकेन्द्र नेपाल ,थकाली सेवा समिति बेल्जियम अध्यक्ष अजित तुलाचन ,तमु समाज निबर्तमान अध्यक्ष ओमराज तमु , किरात याक्थुम चुम्लुंगका अध्यऱ्क्ष बदन योंगहांग,प्रवासी नेपाली मन्च बेल्जियम अध्यक्ष रमेश पौडेल , जनप्रगतिशिल मन्च अध्यक्ष मनिस गुरुंग, जनसम्पर्क समिति बेल्जियम महामन्त्री गोबिन्द अधिकारी,राष्ट्रीय स्वतन्त्र पार्टी सल्लाहकार डिल्ली राम भन्डारी ,श्रम सस्कृति पार्टी अध्यक्ष वाईबी गुरुंग,एनआरएन निबर्तमान अध्यक्ष सिता सापकोटा , क्याट बेल्जियम पूर्ब अध्यक्ष राजु घिमिरे , पूर्बेली समाज अध्यक्ष अनन्त वस्ती , कास्की समाज अध्यक्ष जिबन गुरूंग , नवलपरासी समाज अध्यक्ष नरहरी सापकोटा , सांग्रिला समाजकी सबिता दाहाल ,नेपाली गेन्ट समाज अध्यक्ष घनऱ्श्याम शर्मा , काभ्रेली समाज अन्तराष्ट्रीय अध्यक्ष दिनेश उप्रेती, नेपाल पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा ,नेबावका निबर्तमान अध्यक्ष चिरन खवास ,लुम्बिनी कपिलबस्तु अभियानका महासचिब रश्मि निरौला ,काभ्रेली समाज अध्यक्ष उद्दब गौतम ,गुल्मि समाजका अध्यक्ष कुल कार्की , एनआरएन बेल्जियम पूर्ब अध्यक्ष खडक बहीदुर केसी ,चितवन समाजकी उपाध्यक्ष मोहन केसी संयुक्त किरात समाज अध्यक्ष माकुना राई लिम्बु लगायत अतिथी हुनुहुन्थ्यो ।

कार्यक्रममामा साकेलाका बिभिन्न सिलीहरू प्रदर्शन र पितृ प्रकृतिको  पूजा सहित भव्य रूपमा आयोजना भएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित