युरोप । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नवनिर्वाचित नेतृत्वले नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायत केन्द्रीय पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गरेको छ।
काठमाडौंस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा मञ्चका नवनिर्वाचित अध्यक्ष प्रभुराम थापा,सचिव रामशरण सिम्खडा लगायतका पदाधिकारीहरुले महासंघका अध्यक्ष निर्मला शर्मा लगायतका पदाधिकारीसंग भएको उक्त छलफलमा प्रवासमा रहेका नेपालीहरूका विभिन्न समसामयिक विषय, प्रवासी नेपाली समुदायका सरोकार, समस्या तथा चुनौती र प्रवासमा नेपाली पत्रकारिताको भूमिका लगायतका विषयमा विचार आदानप्रदान गरिएको थियो।
छलफलका क्रममा प्रवासमा रहेका नेपाली समुदायका गतिविधि, उनीहरूले भोग्दै आएका समस्या तथा नेपाल र प्रवासबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने विषयमा समेत चर्चा भएको थियो।
भेटघाट तथा छलफलका लागि समय उपलब्ध गराउनुहुने नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायत सम्पूर्ण केन्द्रीय पदाधिकारीहरूप्रति प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको नवनिर्वाचित नेतृत्वले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
FOUNDER/CHIEF EDITOR :