कसरी सकियो अम्बानीको सम्पत्ति ? अचेल पकेट खर्च श्रीमतिले दिन्छिन !

कसरी सकियो अम्बानीको सम्पत्ति ? अचेल पकेट खर्च श्रीमतिले दिन्छिन !
युरोपनेपाली खबर २०७७ असोज ११, 27-09-2020


एजेन्सी । कुनै समय संसारका सबभन्दा धनी व्यापारीमध्ये एक मानिन्थ्यो अम्बानी परिवार । त्यहि परिवारका एक सदस्य अनिल अम्बानी आफै बेलायतको एक अदालतको कठाघरामा उभिएका छन अहिले । अनिल अम्बानीले चिनियाँ बैंकको ऋण तिर्न नसक्दा उनी वेलायतको अदालत समक्ष उभिएर भने साधारण जीवन बिताइरहेको छु । 

उनले गत जनवरीमा ९ करोड ९० लाखका गरगहना बेचेको जानकारी अदाललाई दिएका छन् । गत मे २२ मा बेलायतको उच्च अदालतले अनिललाई ५,२८१ करोड रुपैयाँ बक्यौता र कानुनी प्रक्रियाको शुल्कवापत ७ करोड रूपैयाँ तिर्न आदेश दिएको थियो । उनले १२ जुनसम्ममा तीन चिनियाँ बैंकलाई ठूलो रकम तिर्नुपर्ने रहेकाले बैंकहरूले उनको सम्पत्तिका बारेमा जानकारी मागेका थियो । 

गत जुन २९ मा उनलाई आफ्नो सम्पत्ति विवरण बुझाउन भनिएको थियो। हाल भारतमा रहेका अनिल शुक्रबार भिडियो कन्फ्रेन्सिङमार्फत ब्रिटेनको अदालतमा हाजिर भएका थिए। उनले आमाको ५०० करोड र छोरा अनमोलको ३१० करोडको कर्जा रहेको बताए। ऋण लिएर ५ अर्ब रूपैयाँ रिलायन्स इनोभेन्चर्सलाई दिएको बयान दिए ।  

उनले अदालतलाई बताए  दिएको वयानमा एकै दिन अर्थात् ३१ डिसेम्बर २०१९ बाट १ जनवरी २०२० का बीच बैंकमा जम्मा रहेको पैसा ४०.२ लाखबाट घटेर २०.८ लाखमा भयो । 

उनको दैनिक खर्च पनि उनकी पत्नी टीना अम्बानीले चलाइरहेको बताएका छन् । यहि समयमा भोडाफोनको ट्याक्समा भएको पराजय पछि, भारत सरकारको बयान पहिलो पटक आयो । अनिल अम्बानी र मुकेश अम्बानीका बुवा धिरुभाई अम्बानीको निधन सन् २००२ मा भएको थियो । 

अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशन (आरकम) ले चीनका तीन सरकारी बैंकसँग व्यावसायिक ऋण लिएका थिए । तर आरकमले यो ऋण तिर्न विफल भएको थियो । चिनियाँ बैंकका अनुसार उक्त ऋण तिर्नका लागि अनिल अम्बानीले नीजि रुपमा ग्यारेन्टि दिएका थिए । अनिल अम्बानीबाट भुक्तानी पाउनका लागि चिनिया बैंकले लण्डन उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

अनिल अम्बानीले सन् २०२० को जनवरीदेखि जूनसम्म गहना बेचेर उनले ९.९ करोड भारु जुटाएका छन् । अब उनीसँग आफ्नो केही पनि छैन । कारको लाइनको प्रश्नमा अनिल अम्बानीले यसलाई मिडियाको आधारहीन खबर बताए । उनले भने, ‘मसँग कहिले पनि रोल्स रोयस कार थिएन । अहिलेको समयमा मसँग एउटा कारमात्रै छ । 

त्यसपछि सन् २००७ मा अम्बानी भाईहरुको अशंबण्डा भएको दुईवर्ष पुगेको थियो । उक्त वर्ष फोब्र्सले सार्वजनिक गरेको अर्बपतिको सूचिमा दुईभाई निकै नै अगाडि थिए । त्यस बेला अनिलकोभन्दा मुकेशको सम्पत्ति केहि बढी थियो ।

सो वर्ष मुकेशसँग ४९ अर्ब डलर बराबरको सम्पत्ति थियो भने अनिलसँग ४५ अर्ब अमेरिकी डलरको सम्पत्ति थियो । सन् २००८ मा धेरै मानिसलाई लागेको थियो कान्छो भाई दाईभन्दा निकै नै अगाडि बढ्ने छ । रिलायन्स पावरको पब्लिक इस्यु आउनु अगाडि सबैको यही अनुमान थियो । फोब्र्सका अनुसार मुकेश अम्बानी एशियाकै सबैभन्दा धनी व्यक्ति हुन् । अनिल अम्बानीको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर मात्रै छ ।

अर्थात अनिलले पछिल्लो १२ वर्षमा ४३ अर्ब ३० करोड अमेरिकी डलर गुमाइसकेका छन । एक दशक अगाडि अनिल अम्बानी धनी भारतीयको सूचिमा थिए । उनलाई कारोबारको दुनियामा सबै व्यवसाय अगाडि बढेको र अनिलले त्यसलाई फाइदा उठाएको भनिएको थियो ।

जसले एक दशकको अवधीमा ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका अनिल अम्बानी आफ्नो सम्पत्तिसँगै उनका कम्पनीमा लगानी गर्ने शेयरधनीको सम्पत्ति समेत डुबाएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित