पोर्चुगलमा के हो डाक्टरको मसला !

पोर्चुगलमा के हो डाक्टरको मसला !
युरोपनेपाली खबर २०७७ असोज २५, 11-10-2020


लिस्बन । सुन्दै अनौठो शब्द " डा. मसला" !  सामान्यतय डाक्टरको जाँच, औषधी उपचार, अप्रेसन हामीले सुनि, देखि र भोगी आएका कुरा हुन् भने मसला चैं खाना र तरकारीलाई स्वादिष्ट बनाउने बस्तु । तर यहाँ कुरा छ डाक्टरको मसला ।

लिस्बनको काइसा सुद्रेबाट कासिलासको बोट चडेर ८ मिनेट पछि ओर्लिएर ४ मिनेट हिडे पछि कासिलास अलमदामा त्यही अनौठो नाम भएको ठाम भेटियो तर कुनै हस्पिटल वा क्लिनिक होइन डा मसला नामको रेस्टुरेन्ट ।

सक्रिय पत्रकार समेत रहेका भगवान गिरी सहितको उत्साही नेपाली  युवाहरुको एउटा टीम पर्यटकीय स्थल अलमदा कासिलासको Rua Candido dos Reis 55B 2800-600 Almada ठेगानामा डाक्टर मसला रेस्टुरेन्ट एन्ड वाइन बार नामक  नेपाली, इन्डियन, पोर्चुगिस खाना सहितको रेस्टुरेन्ट औपचारिक रुपमा अक्टोबर १० तारिखदेखि  संचालनमा ल्याएका छन् ।

संचालक मध्येका एक गिरी भन्छन् "नाम जस्तै कामबाट पनि  ग्राहकवर्गलाई  हामी स्वाद र सन्तुष्टि दिने प्रयास गर्नेछौं । उनका अनुसार रेस्टुरेन्टमा पचास भन्दा बढी खानाका परिकारहरु छन् ।"

हामी पनि खानाका डाक्टर कसरी मसलेदार स्वाद निकाल्दा रहेछन् चाख्न जाने कि !

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित