पोर्चुगलको संसदीय चुनाव : सत्तारुढ समाजवादी पार्टी पराजित तर संसदमा कुनै दलको बहुमत आएन

पोर्चुगलको संसदीय चुनाव : सत्तारुढ समाजवादी पार्टी पराजित तर संसदमा कुनै दलको बहुमत आएन
www.europenepalikhabar.com २०८० फागुन २७ गते आइतबार, 10-03-2024


राजकुमार थापा, युरोपनेपाली खबर ।

१० मार्च, लिस्बन । पोर्चुगलमा आज मार्च १० तारिख आइतबार सम्पन्न संसदको मध्यावधि चुनावमा वर्तमान सत्तारूढ सोसलिस्ट पार्टी(PS) ले आफ्नो पुरानो बहुमत गुमाएको छ । कुनै दलको बहुमत नआएको २३० सदस्यीय संसदमा  प्रमुख विपक्षी गठबन्धन डेमोक्रेटिक एलायन्स (AD) पहिलो शक्तिको रूपमा अगाडि आएको छ भने अति दक्षिणपन्थी पार्टी सेगा (Chega) त्रिशंकु संसदमा चमत्कारिक निर्णायक तेश्रो शक्तिको रूपमा उदाएको छ ।

यस निर्वाचनमा अघिल्लो सन् २०२२ मा भएको  चुनाव भन्दा बढी मतदान भएको थियो । आजको निर्वाचनमा लगभग ६६.२४ प्रतिशत मत खसेको थियो भने अघिल्लो सन्  २०२२ को चुनावमा ५१.५ प्रतिशत मात्र मतदान भएको थियो । 

विपक्षी डेमोक्रेटिक एलायन्स(AD) ले आज आइतबार सम्पन्न संसदीय चुनावमा बहुमतकासाथ पहिलो स्थानमा पुग्ने ठानिएको थियो तर मतगणनाको परिणामले उ पूर्ण बहुमतमा भने पुग्न सकेन, जसको ठूलो लाभ अति दक्षिणपन्थीहरूले उठाएका छन् ।

लोकप्रियतावादी अति दक्षिणपन्थी चेगा पार्टीले लगभग १९ प्रतिशत भोटका साथ तेस्रो शक्ति भएको छ, यसले सन् २०२२ को चुनावमाभन्दा तीन गुणा शक्ति वृद्धि गरेको छ, त्यो बेला उसले ७.२ प्रतिशत मत ल्याएको थियो ।  कडा अध्यागमन नीतिको पक्षधर यो पार्टी  आप्रवासीप्रति अनुदार रहेको पाइन्छ । 

विपक्षी डेमोक्रेटिक एलायन्स(एडी) ले २९.८ प्रतिशत मत प्राप्त गरेको छ भने सत्तारुढ सोसलिस्ट पार्टी (PS) ले २८.७ प्रतिशत मत प्राप्त गरेको छ ।

"आइतवारको मतदानले स्पष्ट रूपमा पोर्चुगिजहरू विपक्षी गठबन्धन एडी र अति दक्षिणपन्थी पार्टी सेगा बीचको गठबन्धन सरकार चाहन्छन्" चेगाका दक्षिणपन्थी नेता भेन्टुराले निर्वाचन परिणामपछि भने ।

अघिल्लो निर्वाचनबाट पुर्ण बहुमतका साथ सरकार संचालन गरिरहेको सत्तारुढ समाजवादी पार्टीका प्रधानमन्त्री एन्टोनियो कोस्टालाई चार महिना अघि भ्रष्टाचारको मुद्दामा अनुसन्धान सुरु भएपछि राजीनामा दिएकाले आइतबार समयभन्दा २ बर्ष अघि नै नयाँ निर्वाचन भएको हो ।

पोर्चुगलको संसदमा पार्टीहरुले प्राप्त गरेको सीट संख्या :

AD -76

PS -77

CHEGA - 48

IL - 8

BE - 5

PCP-PEV - 4

L - 4

PAN - 1

PDS(AD) - 3

यसरी २२६ सीटको नतिजा प्रकाशित भइसकेको छ ।

४ सीटको नतिजा आउन बाँकी रहेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित