पोर्चुगलबाट राहदानी बनाउन एकसातामा ६ सय ६९ जना नेपालीको आवेदन संकलन

पोर्चुगलबाट राहदानी बनाउन एकसातामा ६ सय ६९  जना नेपालीको आवेदन संकलन
युरोपनेपाली खबर २०८० चैत २२ गते बिहीबार, 4-04-2024


लिस्बन ।  पोर्चुगलमा एकसातासम्म चलेको राहदानी सेवा शिविरबाट ६ सय ६९ जना नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक तथ्याङ्क सङ्कलन गरिएको छ । शिविर मार्च २४ देखि ३१ तारिखसम्म संचालित भएको थियो ।

फ्रान्सस्थित नेपाली दूतावासको टोलीले लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरण र पोर्चुगलस्थित एनआरएनए लगायत विभिन्न संघसंस्थाहरुको सहयोगमा लिस्बनबाट ६ सय ६९ नेपालीको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क सङ्कलन गरेको हो । टोलीले राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख सीता बस्नेतले जानकारी दिइन् ।

टोली प्रमुख बस्नेतका अनुसार दुई सय ८० जनाको राहदानी हराएको, ४७ जनाको क्षति भएको, दुई सय ९१ जनाको नवीकरण, १६ बालबालिकाको नयाँ राहदानी र ३५ बालबालिकाको नवीकरणका लागि आवेदन सङ्कलन गरिएको हो । राजधानी लिस्बनमा एक सातासम्म सञ्चालित राहदानी सेवा शिविरबाट एक लाख १६ हजार पाँच सय २० युरो अर्थात् झण्डै एक करोड ६६ लाख ६२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको टोली प्रमुख बस्नेतले बताइन् ।

घुम्ती शिविरले तत्कालका लागि राहत भए पनि अझै धेरै नेपाली राहदानी सम्बन्धी समस्यामा रहेकाले फेरि छिट्टै टोली ल्याउन पहल गर्ने गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए ।

- भरत प्रधान, रासस ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित