डा.अन्जान राष्ट्रिय सभा सदस्यमा मनोनीत

डा.अन्जान राष्ट्रिय सभा सदस्यमा मनोनीत
www.europenepalikhabar.com २०८१ बैशाख ६ गते बिहीबार, 18-04-2024


युरोपनेपाली खबर, लिस्बन । डा. अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत हुनु भएको छ । इजरालयका लागि नेपाली राजदूत भैसक्नु भएकी डाक्टर अन्जान शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले इजरायलमा राजदूत हुँदा एम्वेशेडर अफ दि ईअर–डिप्लोम्याट अफ दि ईअर अवार्डबाट सम्मानित हुनुभएको थियो ।

शाक्यसँग परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको लामो अनुभव छ । साथै, उहाँले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरिसकेको अनुभव पनि छ । नेपाल वुमन चेम्बरको संस्थापक अध्यक्षको समेत जिम्मेवारी बहन गरिसक्नु भएकी शाक्यले फरेन पोलिसी अफ नेपाल, नेपाल जर्मनी रिलेशन्स, भिजन अन फरेन अफियर्स, नेपाल चाइना रिलेशन्स, नेपाल इण्डिया रिलेशन्स, नेपाल–इजरालय रिलेशन्स, नेपाल–जापान रिलेशन्स लगायत पुस्तकको सम्पादनसमेत गरिसक्नु भएको छ ।

शाक्यसँग लामो समय पद्मकन्या कलेजमा प्राध्यापन गरेको अनुभव समेत छ । उहाँले क्यालिफोर्नियाको वेष्टक्लिफ युनिभर्सिटीको प्रेसिडेन्सिएल विजनेश स्कुलमा समेत प्राध्यापन गर्नुभएको अनुभव छ ।

शाक्य चर्चित गायिका समेत हुनुहुन्छ । उहाँले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको गीत चर्चित गाउनुभएको छ । उहाँ नेपाल टेलिभिजनकी समाचार प्रस्तोता समेत हुनुहुन्थ्यो । उहाँ नेपाल विश्व सम्बन्ध परिषद्को आजिवन सदस्यको समेत जिम्मेवारीमा हुनुहुन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित