गोरखा समाज युके ट्रस्टद्धारा गोरखाका दुई सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण

गोरखा समाज युके ट्रस्टद्धारा गोरखाका दुई सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण
युरोपनेपाली खबर २०७८ मंसीर १८ शनिबार, 4-12-2021


गोरखाका दुई सय भन्दा बढी बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । गोरखा सदरमुकाममा शनिबार गोरखा समाज युकेद्धारा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

जिल्ला भित्रका विभिन्न स्थानीय तहका २२ वटा विद्यालयका २ सय २० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको सस्थाले जनाएको छ । करिब सात लाख बराबरको शैक्षिक सामाग्री वितरण गरिएको समाज अध्यक्ष जय प्रकाश गुरुङले बताए ।

गोरखा जिल्लाका विपन्त, गरिब, जेहेन्दार बालबालिका शैक्षिक अवस्था सुधार गर्न र आर्थिक अवस्थाका कारण शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त सामाग्री हस्तान्तरण वितरण उनले बताए । विद्यालयको माग र आवश्यकता अनुसार छनौट गरी विद्यालय पोशाक, कापी र झोला वितरण अध्यक्ष गुरुङले जानकारी दिए ।

बेलालयतमा रहेको गोरखालीहरुको सामाजिक संस्थाहरु र विश्वव्यापी रुपमा छरिएर नेपालीहरुको संस्थाबाट उठाएको रकमको ब्याजबाट उनीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले बताए ।

जिल्लाको शैक्षिक क्षेत्रमा समाज विगतमा पनि सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत सहयोग गर्दै जाने लक्ष्य रहेको उनले बताए । उनका अनुसार ग्लोबल समाज र गोरखा समाज युके ट्रस्टको समन्वयमा यस यस अघि कोभिड महामारीका बेलामा जिल्लाका ११ स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई राजेश श्रेष्ठले संचालन गरेका थिए । त्यस्तै कार्यक्रमलाई अविन श्रेष्ठले सहजीकरण गरेका थिए ।

संस्थाका अध्यक्ष जय प्रकाश गुरुङको अध्यक्षता तथा ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा समाज युेक ट्रस्टका कोषाध्यक्ष भीम प्रसाद तामाङ लगायत जिल्ला भित्रका ११ स्थानीय तहका विद्यालय शिक्षकहरु र बालबालिकाहरु लगायतको उपस्थिति रहेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित