एनआरएनएको चुनाव २८ फेब्रुअरीमा, उपेन्द्र महतो, शेष घले सहितको ७ सदस्यीय उच्च स्तरीय समिति गठन, यस्ता छन् आजका निर्णय

एनआरएनएको चुनाव २८ फेब्रुअरीमा, उपेन्द्र महतो, शेष घले सहितको ७ सदस्यीय उच्च स्तरीय समिति गठन, यस्ता छन् आजका निर्णय
युरोपनेपाली खबर २०७८ माघ १ गते शनिबार, 15-01-2022


लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन सम्पन्न गर्न एक उपसमिति गठन गरिएको छ। संघको शनिवार बसेको ८१ औं बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो।

यसअघि संघका अध्यक्षका प्रत्यासी सहित पूर्वअध्यक्षहरुको बैठकले १० औं महाधिवेशन सम्पन्न गर्न ४ बुँदे सहमति गरेको बताएको छ। सहमति अनुरुप सो समितिलाई २६ जनवरीभित्र प्रतिनिधि विवाद मिलाउन जिम्मा दिइएको छ। समिति सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन।

त्यस्तै, बैठकले संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने, २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय गरेको छ।

समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने र संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउन सक्ने निर्णय पनि भएको छ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भएको बैठकले नयाँ नेतृत्वको लागि निर्वाचन २८ फेब्रुअरीको लागि तय भएको छ ।

यस्तो छ सहमति

गैरआवासीय नेपाली संघको वर्तमान परिस्थितिमा संस्थालाई निकास दिनुका साथै संघमा आपसी एकता तथा भाइचारा कायम राख्दै वास्तविक अर्थमा सम्पूर्ण गैरआवासीय नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्नका लागी आइसीसीको ८१ औं बैठकद्वारा देहाय अनुसारको Terms of Reference (TOR) सहित संघका प्रमुख संरक्षक शेष घलेज्यूको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरिएको छ ।

१. डा. शेष घले (संयोजक)

सदस्यहरु :

२. डा. उपेन्द्र महतो – संस्थापक अध्यक्ष

३. श्री जीवा लामिछाने – सदस्य, संरक्षक परिषद

४. श्री देवमान हिराचन – सदस्य, संरक्षक परिषद

५. श्री भवन भट्ट – सदस्य, संरक्षक परिषद

६. श्री राम प्रताप थापा – सदस्य, संरक्षक परिषद

७. श्री कुमार पन्त – अध्यक्ष, एनआरएनए आइसीसी

Terms of Reference:

१. संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने ।

२. २८ फेब्रुअरी  २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने ।

३. समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने छ।

४. संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउने छन् ।                                                                        प्रेस विज्ञप्ति

आज मिति २०२२ जनवरी १५ तारिखका दिन संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले आसन्न निर्वाचनका सम्बन्धमा निम्नानुसार निर्णय गरेको जानकारी गराइन्छ । 

गैरआवासीय नेपाली संघको आगामी नेतृत्व चयनका लागि निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन र महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न  संघका प्रमुख संरक्षक शेष घलेज्यूको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।

समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार रहनुभएको छ । उच्चस्तरीय समितिले संघको विधान अनुरुप २६ जनवरी २०२२ सम्म महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली तयार गरि संघका अध्यक्ष कुमार पन्तमार्फत निर्वाचन समिति समक्ष पेश गर्नेछ । 

बैठकले मिति २८ फेब्रुअरी २०२२ तारिखमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचन गर्ने निर्णय समेत गरेको छ । बैठकले आगामी १० औं महाधिवेशनमा पेश हुने महासचिव डा. हेम राज शर्माको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठको आर्थिक प्रतिवेदनलाई पारित गरेको जानकारी गराउँदछौँ । 

सहमति र सहकार्यमा निर्वाचन कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गर्न सहयोग गर्नु हुने संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारीहरु लगायत सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गर्दछौँ । साथै, संघको स्थायित्व नै विश्वभर छरिएर बसेका समस्त गैरआवासीय नेपालीहरुको गौरवको विषय भएको मनन गर्दै हालसम्मका समग्र आपसी मतभेद बिर्सेर निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग, समर्थन र सहभागी भइदिन राष्ट्रिय समन्वय परिषद, उम्मेदवार, मतदाता तथा  हाम्रा शुभचिन्तकहरुलाई अनुरोध गर्दछौँ ।

अन्त्यमा, महाधिवेशनमा  मतदान तथा उम्मेदवार बन्नको लागि अति आवश्यक र अनिवार्य फेसभेरिफिकेसन (सेल्फी रजिष्ट्रेशन) गरिदिनुहुन सबै महाधिवशेन प्रतिनिधिहरुलाई  अनुरोध गर्दछौँ ।  

डिबी क्षेत्री

प्रवक्ता, गैरआवासीय नेपाली संघ । 

१५, जनवरी, २०२२

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित