एनआरएनए आइसीसीको पाँच सदस्यीय संरक्षक परिषद्, प्रमुखमा डा. बद्री केसी

एनआरएनए आइसीसीको पाँच सदस्यीय  संरक्षक परिषद्, प्रमुखमा डा. बद्री केसी
www.europenepalikhabar.com २०८३ साउन ७ गते बिहीबार, 23-07-2026


लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को गत महिना बसेको ११५ औं  बैठकले अन्तर्राष्ट्रिय समन्वय परिषद्को पाँच सदस्यीय संरक्षक परिषद् गठन गरेको छ ।

प्रमुख संरक्षकमा संघका निवर्तमान अध्यक्ष डा. बद्री केसी चयन भएका छन् । यसैगरी संरक्षकहरुमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास र निवर्तमान अध्यक्ष महेश श्रेष्ठ रहेको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त बैठकले  ५१ सदस्यीय सल्लाहकार समितिसहित रिक्त पदहरुमा पदाधिकारी र आइसीसी सदस्यहरु चयन गरेको निर्णय सार्वजनिक भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित