को हुन् यी व्यक्ति जसले श्रीमतीको अन्तिम इच्छा पूरा गर्न भव्य घरसहित ८ करोड रुपैयाँको सम्पत्ति दान गरे

को हुन् यी व्यक्ति जसले श्रीमतीको अन्तिम इच्छा पूरा गर्न भव्य घरसहित ८ करोड रुपैयाँको सम्पत्ति दान गरे
युरोपनेपाली खबर २०७८ माघ २ गते आइतबार, 16-01-2022


एक जना डाक्टरले आफ्नी दिवंगत श्रीमतीको इच्छा पूरा गर्नको लागि आफ्नो ८ करोड रुपैयाँ मूल्य बराबरको सम्पत्ति दान गरिदिएका छन् । यी डाक्टरका कुनै सन्तान थिएनन् त्यसैले उनले यो सम्पत्ति दान गरेको बताइएको छ । अवकाशप्राप्त यी डाक्टर हिमाचल प्रदेशको हमीरपुर जिल्लाका हुन् । अहिले पूरै क्षेत्रमा डाक्टरको आफ्नो सम्पत्ति सम्बन्धी इच्छापत्र चर्चाको विषय बनेको छ ।

नादौनको जोलसप्पड गाउँ सनकरका ७२ वर्षका डाक्टर राजेन्द्र कंवर स्वास्थ्य विभागबाट र उनकी पत्नी कृष्णा कंवर शिक्षा विभागबाट सेवा निवृत्त भएका थिए । एक वर्ष पहिले उनकी पत्नीको निधन भएको थियो । आफ्ना कुनै सन्तान नभएका कारण उनीहरु दुवैले आफ्नो चल अचल सम्पत्ति दान गर्ने योजना बनाएका थिए । पत्नीको अन्तिम इच्छा पूरा गर्नको लागि आफन्तहरुसँग छलफल गरेर डाक्टर राजेन्द्रले यो निर्णय गरे र चल अचल सम्पत्ति सरकारको नाममा गरिदिए ।

डाक्टर राजेन्द्र कवरले सरकारलाई वृद्धावस्थामा आफ्नो घरमा बस्न नपाउने र घृणा सहनुपर्ने वृद्धवृद्धाहरुलाई आफ्नो घरमा बस्ने व्यवस्था मिलाउन भनेका छन् । उनले घर सरकारलाई हस्तान्तरण गर्ने इच्छापत्रमा यही शर्तहरु राखेका छन् । १९७४ मा एमबीबीएस अध्ययन पूरा गरेका डाक्टर राजेन्द्रले इन्टर्नशिप पूरा गरेपछि ३ जनवरी १९७७ मा प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको रुपमा नियुक्त भएका थिए । अहिले उनले आफ्नो घरमै बिरामीको उपचार गर्छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित