सबैको सहयोगले मोबाइल ब्लड बैंक बस परियोजना सफल भयो : गौरीराज जोशी

सबैको सहयोगले मोबाइल ब्लड बैंक बस परियोजना सफल भयो : गौरीराज जोशी
युरोपनेपाली खबर २०७८ माघ ३ गते सोमबार, 17-01-2022


 गैर आवासीय नेपाली संघका सचिव तथा ‘दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ परियोजनाका संयोजक गौरी राज जोशीले सबैको सहयोगले दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ परियोजना सफल भएको बताउनु भएको छ । विदेशमा रहेका नेपालीको एकताले गर्दा संघले देशमा विभिन्न परोपकारी काम गर्न सफल भएको जोशीले बताउनु भएको हो ।

आज सुदूरपश्चिम प्रदेशमा ब्लड बैंक बस हस्तान्तरण भएसँगै जोशीले नेपालमा रगत भन्डारण सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि परियोजना सञ्चालन गरिएको बताउनु भयो । आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा उपलब्ध गराउने उद्देश्यले परियोजना सञ्चाल गरिएको जोशीको भनाइ छ ।

उहाँले भन्नु भयो, ‘नेपालमा रगत भन्डारण सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि हामीले यो परियोजना सञ्चालन गरेका हौँ, नेपालका ब्लड बैंकहरुको गुणस्तर अभिवृद्धि गर्ने हाम्रो लक्ष्य हो।’

धनगढी सुदूरपश्चिम प्रदेशको मेडिकल हबको रुपमा विकसित हुँदै गएको तर, यहाँका अस्पतालहरुले गुणस्तरीय रगत उपलब्ध गराउन निकै चुनौती झेलिरहेकाले परियोजना सञ्चालन गरिएको उहाँले बताउनु भयो । गुणस्स्तरी रगत प्रदान गर्न समय–समयमा धेरै समस्या सामना गर्नु परिरहेकोले दोस्रो परियोजना धनगढीमै सञ्चालन गरेका हौ’ जोशीले भन्नु भयो ।

यस्तै जोशीले चितवनको प्रतिकूल मौसमले गर्मी, जाडो र वर्षायाममा रगत संकलनमा चुनौती थपेको स्मरण गर्दै यो परियोजनाले प्रतिकूल मौसममा समेत रगत संकलन तथा भन्डारण सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन सहयोग गरेको बताउनु भयो । यसैगरी यो परियोजनाले कोभिड–१९ महामारीको समयमा पनि रक्तदातालाई सुरक्षा प्रदान गर्ने उहाँको भनाइ छ।

‘विश्वभरका गैर आवासीय नेपाली र विदेशमा रहेका नेपाली संघ–संस्थाको साथ र सहयोगप्रति हामी आभारी छौं,’ मोबाइल ब्लड बस परियोजनमा जोडिएका सहयोगी मनहरुलाई धन्यावाद दिँदै जोशीले भन्नु भयो, ‘नेपालमा सुधार गर्नुपर्ने समस्या त धेरै नै छन्। परोपकार तथा मानवीय सहायता विभाग अन्तर्गत चलाइएको यो परियोजनाले देशको रक्तसञ्चार प्रणाली सुधारमा टेवा पुर्याएको छ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित