यी सुन्दरीले बेलायती पैसाको बिटो देखाउँदा मच्चिएको हङ्गामा(भिडियो)

यी सुन्दरीले बेलायती पैसाको बिटो देखाउँदा मच्चिएको हङ्गामा(भिडियो)
युरोपनेपाली खबर २०७८ माघ ३ गते सोमबार, 17-01-2022


युरोप । गृहमन्त्रीसँग नाम जोडिएकी एक युवती भिडियोका कारण विवादमा परेकी छिन् । पाकिस्तानका गृहमन्त्री शेख राशिदसँग नाम जोडिएकी एक महिला विवादमा परेकी हुन् ।

पाकिस्तानको ‘ड्रामा क्वीन’ फेरि चर्चामा छन् । उनको एउटा भिडियोले पाकिस्तानको राजनीतिमा हंगामा मच्चाइरहेको छ ।

एक भिडियोमा कमेडल हरिम शाहले पाउण्डको बन्डल लिएर इमरान खानको सरकारलाई निशाना बनाएकी हुन् । सामाजिक सञ्जाल स्न्याक भिडियोमा शेयर गरिएको भिडियोमा हरिम शाह दुई बन्डल ब्रिटिश पाउण्ड लिएर बसेको देख्न सकिन्छ ।

नोटको बन्डल देखाउँदै आफू पाकिस्तानबाट यति ठूलो रकम लिएर पहिलोपटक लण्डन पुगेको बताइन् । तर, पछि कारबाही हुने डरले रमाइलोका लागि उक्त भिडियो बनाएको बताइन् ।

पाकिस्तानी मुद्राको हालै भएको अवमूल्यनप्रति दुःख व्यक्त गर्दै हरिम शाहले पाकिस्तानी रुपैयाँलाई युरो वा डलरमा परिणत गर्दा धेरै दुःख हुने बताएकी छिन् ।

उनले भिडियोमा भनेकी छिन्, ‘सरकारले मुद्राको मूल्य र पाकिस्तानी राहदानीको महत्त्व बढाउने वाचा गरेको थियो, तर केही गरेन । उनीहरूले मात्र कुरा गर्न सक्छन् । ठूलो रकम लिएर यात्रा गर्नेहरु सचेत हुनुपर्छ ।

म यहाँ (बेलायत) धेरै सजिलै आइपुगेँ । पाकिस्तानको कानून गरिबलाई मात्र लागू हुन्छ ।’ पाकिस्तानी अखबार ‘द एक्सप्रेस ट्रिब्यून’का अनुसार अहिले पाकिस्तानको अनुसन्धान एजेन्सी एफआईएले टिकटक स्टार हरीश शाहविरुद्ध मनी लन्ड्रिङको लागि अनुसन्धान सुरु गरेको छ ।

हरिम शाहले आफूले ठूलो मात्रामा नगद लिएर पाकिस्तानबाट बेलायत गएको दाबी गरेपछि सरकार एक्शनमा आएको हो । पाकिस्तानको संघीय राजस्व बोर्डका अनुसार कुनै पनि यात्रुले पाकिस्तानमा जतिसुकै विदेशी मुद्रा ल्याउन सक्छन् तर अनुमतिविना १० हजार डलर मात्रै विदेशी मुद्रा निकाल्न सक्छन् ।

भिडियो सार्वजनिक भएपछि पाकिस्तानी अनुसन्धान एजेन्सीले हरिम शाहविरुद्ध मनी लन्ड्रिङको अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । संघीय अनुसन्धान एजेन्सीले यस प्रकरणमा हरिम शाहको भिसा, अध्यागमन र यात्रा कागजात प्राप्त गरेको छ ।

अनुसन्धान एजेन्सीले पाकिस्तान भन्सार र विमानस्थल सेक्युरिटी फोर्ससँग पनि विवरण मागेको छ । हरिम शाह गत जनवरी १० मा कराँची अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा गएकी थिइन् ।

एफआईएले हरिम शाहविरुद्ध कारबाही गर्न बेलायती अनुसन्धान एजेन्सीलाई पत्र लेख्ने निर्णय गरेको छ । हरिम शाहले एक टिभी कार्यक्रममा पाकिस्तानी गृहमन्त्री शेख राशिदलाई फोन गरेकी थिइन् ।

टिकटक स्टारले यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर गरेका छन् । तबिश हाशमीको शोमा कुराकानीको क्रममा जब शेख राशिदको चर्चा भयो, हरिम शाहले तुरुन्तै पाकिस्तानका गृहमन्त्रीलाई फोन गरेकी थिइन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित